काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग चुनाव लडेका सागर ढकाल अहिले युक्रेनमा छन् ।
सामाजिक सञ्जलामार्फत् उनले दिएको जानकारी अनुसार उनी हाल युक्रेनका गाउँमा पुगेका छन् ।
अमेजनको जङ्गलबाट पानीको काम गर्न आफू युक्रेन आइपुगेको उनले उल्लेख गरेका छन् । रुस–युक्रेन बोर्डरको गाउँहरूमा ५ ठाउँ बोरिङ खनेर र मर्मत गरेर पानी सप्लाइ गरिएको उनले बताएका छन् ।
’अमेजनको जङ्गलबाट पानीको काम गर्न युक्रेन आइपुगेको छु । रुस–युक्रेन बोर्डरको गाउँहरूमा ५ ठाउँ बोरिङ खनेर र मर्मत गरेर पानी सप्लाइ गर्दैछु,’ उनले लेखेका छन्, ’सकिन आँट्यो। युक्रेनी गाउँमा खुसीको कुरा पम्प नै नजोडी पानी आफैँ पहिलोपल्ट माथि आयो । बाँकी अन्य सामान्य काम हुने नै भए ।’
हाल रुस–युक्रेनबिच युद्ध चलिरहेको छ । उनले अर्को दुई हप्तामा नेपाल आइपुग्ने बताएका छन् । गत निर्वाचनमा डडेलधुराबाट प्रतिनिधिसभा सदस्यमा देउवासँग चुनाव लडेका थिए । देउवा २५ हजार ५३४ मतका साथ निर्वाचित हुँदा ढकालले १३ हजार ४२ मत पाएका थिए ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com