काठमाडौं – इजरायलमा हमास विद्रोहीले अपहरण गरेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि नेपालका सभामुख देवराज घिमिरेले अरब संसदका अध्यक्ष महामहिम मोहम्मद अहमद अल–यमाहीलाई विशेष पत्र लेखेका छन्। यो कूटनीतिक प्रयासलाई सफल बनाउन दुबईमा रहेका नेपाली युवा व्यवसायी रिजवान आलमको महत्त्वपूर्ण भूमिका रहेको थियो ।
नेपाल सरकारले विपिन जोशीको रिहाइका लागि अन्तर्राष्ट्रिय प्रयासहरू अघि बढाउँदा, रिजवान आलमको नाम विशेष रूपमा उठ्यो। लामो समयदेखि अरब मुलुकहरूसँग सम्बन्धित उनले उच्च अधिकारीहरूसँग राम्रो सम्बन्ध राखेका छन्। नेपालका केही उच्च अधिकारीहरूले हमाससँग वार्ता गर्न रिजवान आलमलाई सहयोग गर्न आग्रह गरे, जसलाई उनले तत्कालै अघि बढाए।
नेपाली विद्यार्थी विपिन जोशीलाई अपहरण गरेको आज डेड बर्ष भैसक्दा पनि उनको रिहाई हुन सकेको छैन । यसबीच प्यालेस्टिनी विद्रोही समूह हमासले बन्धक बनाएका धेरै विदेशी नागरिक रिहा भैसकेका छन । नेपाल सरकारले पनि विभिन्न स्तरमा अनेकौं कुटनीतिक पहलहरु गरिरहेको छ यद्यपि इस्लामिक विद्रोही समुह हमासले नेपाली विद्यार्थीलाई रिहा गर्न कुनै चासो नदिनुका पछाडी अरब राष्ट्रहरु मार्फत हुने कुटनीतिक प्रयास अझै नपुगेको त होइन भन्ने प्रश्नहरु पनि उठेका छन् ।
विपिन जोशी इजरायलको किबुत्ज अलुमिममा अध्ययनरत थिए। गत अक्टोबरमा हमासको आक्रमणको क्रममा अपहरण भई गाजामा लगिएको विश्वास गरिएको छ। यस घटनापछि नेपाल सरकारले आफ्ना नागरिकहरूको सुरक्षाका लागि कूटनीतिक प्रयास तीव्र बनाएको छ। विदेशमन्त्री आरजू राणाले इरानसहित विभिन्न देशहरूसँग समन्वय गर्दै हमासका नेताहरूसँग वार्ता गर्न पहल गरिरहेकी छन्।
यसै बीच दुबाईका आलमले अरब संसदका अध्यक्ष अल-यमाहीलाई यो मुद्दा उठाउन आग्रह गरे। त्यसपछि, महामहिम अल–यमाहीले नेपाल सरकारलाई आधिकारिक अनुरोध पठाएमा हमाससँग वार्ता सहज हुने सुझाव दिए। सोही आधारमा सभामुख घिमिरेले आधिकारिक पत्र लेखेका हुन्, जसले अब विपिनको रिहाइको सम्भावनालाई केही बलियो बनाएको छ।
हालसम्म हमासले केही बन्धकहरूलाई रिहा गरे पनि, विपिन जोशीको अवस्था अन्योलमै छ। आज पनि थप ३ इजरायली बन्धकहरु रिहा हुदैछन तर विपिन जोशीको नाम समावेश छैन तर एक अर्को प्रयास स्वरुप रिजवान आलमको मध्यस्थता र अरब संसद अध्यक्षको पहलले उनको रिहाइ सम्भव बनाउन आशा बढाएको छ। रिजवान भन्छन्, ‘हाम्रो प्रयासले सकारात्मक र खुशीको सन्देश दिने अपेक्षा गरिएको छ।’
राष्ट्रपति हर्जोगले इजरायलका लागि नेपाली राजदूत प्रा. पण्डितसँग इजरायल सरकार नेपाली विद्यार्थी विपिन जोशीको सुरक्षाप्रति संवेदनशील रहेको भन्दै उनको सकुशल उद्दारका लागि कुनै कसर बाँकी नराख्ने बताएका थिए । इजरायलले जोशीको रिहाइ सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायसँग समेत समन्वय गरिरहेको व्यहोरा परराष्ट्र मन्त्रालयले जनाएको थियो ।
२३ वर्षीय विपिन जोशी, जो नेपालबाट इजरायलको ‘अर्न एण्ड लर्न’ कार्यक्रमअन्तर्गत कृषि अध्ययनका लागि आएका थिए, अक्टोबर ७ मा हमासद्वारा दक्षिण इजरायलको किबुच आलुमिमबाट अपहरणमा परेका थिए। उनीसँगै अन्य नेपाली विद्यार्थीहरू पनि सो हमलामा घाइते भएका थिए भने हमासले १० जना नेपाली विद्यार्थीको हत्या गरेको थियो । विपिन जोशीलाई भने अन्य २५० जना बन्धकसंगै अपहरण गरेर गाजातर्फ लागेका थिए ।
यो पनि पढ्नुहोस :
विपिन जोशी लगायत अन्य बन्धकहरुको रिहाइको माग गर्दै प्रदर्शन, नेपाली राजदूतको विशेष पहल
विपिन जोशीको रिहाइका लागि कूटनीतिक पहल थप तीव्र
इजरायली राष्ट्रपतिले भने – विपिन जोशीको सुरक्षित रिहाइका लागि प्रयास जारी छ
विपिन जोशीको रिहाइबारे सभामुख घिमिरेको गम्भीर चासो, इजरायली राजदूतलाई आग्रह
विपिन जोशीको रिहाइका बिषयमा राजदूत प्रा.धनप्रसाद पण्डित के भन्नु हुन्छ ?
विपिन जोशी रिहा हुने झिनो आशा पलायो
विपिन जोशीको रिहाइका लागि निरन्तर कूटनीतिक प्रयास
विपिन जोशीको रिहाइका लागि सरकार सक्रिय, कतार र इजिप्टसँग पुनः आग्रह
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com