संयुक्त अरब इमिरेट्समा भएको इरानी आक्रमणका क्रममा ज्यान गुमाउने नेपाली नागरिकको पहिचान सार्वजनिक गरिएको छ। अबुधाबीस्थित नेपाली राजदूतावासका अनुसार मृत्यु हुने व्यक्ति गोरखा जिल्लाका २९ वर्षीय दिवस श्रेष्ठ हुन्।
श्रेष्ठ मिडल इस्टमा रहेको एक कम्पनीमा सेक्युरिटी गार्डका रूपमा कार्यरत थिए। जायद अन्तर्राष्ट्रिय विमानस्थल, अबुधाबीमा ड्रोन निष्क्रिय पार्ने प्रयास गरिरहेका बेला उनी घाइते भएका र त्यसकै क्रममा उनको ज्यान गएको राजदूतावासले जनाएको छ।
राजदूतावासले दिवंगत श्रेष्ठको पार्थिव शरीर नेपाल फर्काउन आवश्यक समन्वय र सहजीकरण गरिने जानकारी दिएको छ। परिवार तथा आफन्तप्रति गहिरो समवेदना व्यक्त गर्दै दूतावासले सम्पूर्ण प्रक्रिया छिटो सम्पन्न गर्न पहल भइरहेको जनाएको छ।

नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com
























