नेपाल इजरायल डट कम इजरायलमा रहेका सबै नेपालीको साझा मन्च हो, आफ्नै हो र अझ खास अर्थमा तपाइ नेपालीहरुले इजरायलमा गरेका समुदायका गतिबिधिहरुको विवरण / तथ्यांक अध्यावधिक राख्नकै लागि समर्पित प्लेटफर्म हो ।
आज सूचना र संचारको युगमा जसरी फेसबुक टिकटकजस्ता सामाजिक संजालमा खाता खोलेर तपाइले आफ्ना कुराहरु राख्नुहुव्छ ठीक त्यसरी नै नेपाल इजरायल डट कममा पनि आफ्ना वा आफू आवद्ध संघ संस्थाका गतिबिधिहरु अपडेट गर्न सक्नुहुन्छ । तर सामाजिक संजाल र वेवसाइट अलिकति भिन्न प्रकृतिका संचार माध्यमहरु हुन ।
नेपाल इजरायल डट कमको यस प्लेटफर्ममा कसैप्रति कुनै पनि किसिमको पूर्वाग्रहविना तपाइंले राखेका सामाग्रीहरु (समाचार तस्बिर लेख रचनाहरु )जस्ताको तस्तै पोस्ट हुनेछन । नेपाल इजरायल डट कम कसैको कन्टेन्ट राख्ने वा कसैको नराख्ने गर्दैन । जसले पोस्ट गर्नुहुन्छ सो समाचार / सामाग्री स्वत: प्रकाशित हुनेछ ।
त्रुटिहरु छन भने (समय मिलेसम्म) सम्पादकीय दृष्टिबाट सच्याउने कोसिस गर्नेछौँ ।
यहाँ पोष्ट गर्नु भएको तपाईंको लेख रचना वा समाचार नेपाल इजरायल डट कममा प्रकाशित हुनेछ । सकेसम्म कन्टेन्ट पछि सच्याउन नपर्ने गरी मिलाएर पोष्ट गर्नुहोला ।
नेपाल इजरायल डट कम सबैको साझा मञ्च हो । अझ इजरायलमा रहनुभएका तपाई नेपालीहरूको त झन् आफ्नै सञ्चार भएकोले यदि तपाई आफ्नो सङ्घ संस्थाका कुनै पनि कार्यक्रमहरू गर्दै हुनुहुन्छ भने सोका लागि आफै समाचार सम्प्रेषण र प्रकाशित गर्नुहोस ।
यस प्लेटफर्ममा तपाईँले पोस्ट गर्नुभएका सबै खबरहरू स्वतः प्रकाशित हुनेछन् । तपाईँहरूका गतिविधि नेपाल इजरायल डट कममा राख्नको लागि हरेक संस्थाबाट कम्तीमा एक जना लेखक (वा सचिव) लाई समाचार बनाइ आफै पोस्ट गर्ने जिम्मा दिनुहुन जिम्मेवार सङ्घ संस्थाहरूलाई हामी हार्दिक अनुरोध गर्दछौँ । तपाईँको समितिमा पक्कै एक जना लेखक हुनुहुन्छ, हुनुहुन्न भने एक जना तोक्नुहोला ।
कम्तीमा आफैले ३ ओटा समाचार लेख्नु हुने लेखक, साहित्यकार तथा सङ्घ संस्थाका प्रतिनिधि सम्प्रेषकलाई पर्मानेन्ट एडमिन दिइने छ । एडमिनले आफ्नो समाचार जुनसुकै बेला प्रकाशित गर्न हटाउन वा पुन सम्पादन गर्न सक्नेछ । सामाग्रीको अभावका कारण नभई इजरायलमा रहेका नेपालीहरूको सक्रिय सहभागिता र एकताको लागि हामीले एडमिन दिने यो निर्णय गरेका हौँ । इजरायलमा कार्यरत जिम्मेवार व्यक्ति, सङ्घ, संस्था तथा सक्षम नेपाली नागरिकले यस अवसरमा सहभागिता जनाउन सक्नेछन् ।
तपाईँका सामाग्रीहरू सधैँका लागि यहाँ सङ्गृहीत हुनेछन् । नेपाल इजरायल डट कम निस्पक्ष र स्वतन्त्र खुला मञ्च हो, सङ्घ संस्थाका गतिविधि बाहेक तपाईँका अन्य समसामयिक विविध विषयका विचार लेख रचना पनि पोस्ट गर्न सक्नुहुनेछ ।
धन्यवाद !
के तपाईं कुनै समय इजरायलमा हुनुहुन्थ्यो ? या अझै हुनुहुन्छ ? तपाईंका स्मृतिहरु, भावना र साहित्य सिर्जनाहरु यहाँ लिपिवद्ध हुनेछन