काठमाडौं । सन् २०२३ अक्टोबर ७ मा इजरायलमा हमास आतङ्ककारी आक्रमणमा मारिएका नेपाली विद्यार्थी विपिन जोशीसहितका सबै मृतकहरूको सम्झनामा काठमाडौंमा विशेष श्रद्धाञ्जली सभा आयोजना गरिएको छ।
कार्यक्रममा नेपालस्थित इजरायलका राजदूत शमुलिक अरिए बासले उक्त दिनले नेपाल र इजरायलका जनताका भाग्यहरूलाई सधैंका लागि एकअर्कासँग जोडिदिएको उल्लेख गरे। उनले इजरायल सरकार पीडित परिवारहरूका दुःख र पीडामा सधैं साथमा रहेको र न्यायका लागि निरन्तर प्रयासरत रहेको पनि बताए।
 इजरायली दूतावासकी उपप्रमुख जनान बेबारले आक्रमणबाट भएका मानवीय क्षति, नेपाली विद्यार्थी विपिन जोशीको अपहरण र हत्या, यौन हिंसा तथा यातनासम्बन्धी रिपोर्टका निष्कर्षहरू प्रस्तुत गर्दै नोभा म्युजिक फेस्टिभलमा भएका नरसंहारका विवरणहरू साझा गरिन्।
इजरायली दूतावासकी उपप्रमुख जनान बेबारले आक्रमणबाट भएका मानवीय क्षति, नेपाली विद्यार्थी विपिन जोशीको अपहरण र हत्या, यौन हिंसा तथा यातनासम्बन्धी रिपोर्टका निष्कर्षहरू प्रस्तुत गर्दै नोभा म्युजिक फेस्टिभलमा भएका नरसंहारका विवरणहरू साझा गरिन्।
कार्यक्रमका प्रमुख अतिथि सर्वोच्च अदालतका न्यायाधीश सुनीलकुमार पोखरेलले शान्ति र न्यायको अपरिहार्यता औंल्याउँदै, हालैको शान्ति सम्झौताले दीर्घकालीन स्थायित्व र पीडितहरूका लागि न्यायको मार्ग खुल्ने विश्वास व्यक्त गरे।
श्रद्धाञ्जलीसभामा विभिन्न देशका कूटनीतिक प्रतिनिधि, नागरिक समाजका अगुवा तथा मानवअधिकारकर्मीहरूको उल्लेखनीय उपस्थिति थियो। कार्यक्रमको सुरुमा अक्टोबर ७ का भयावह दृश्यहरू समेटिएको विशेष फुटेज प्रदर्शन गरिएको थियो, जसले उपस्थितहरूलाई गहिरो भावनात्मक क्षणमा पुर्यायो।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com






























 
															 
															 
															 
															











 
								

