गत फेर्ब्रुअरी २७, २०२७ मा तेल अभिवको व्यस्त सहरबीच एउटा आत्मीय र अर्थपूर्ण भेट। औपचारिक कार्यक्रमपछि सुरु भएको संवादले त्यो क्षणलाई अझ विशेष बनायो। अगाडि थिइन् इजरायलका लागि नेपालकी पूर्व राजदूत तथा दक्षिण एशियाकै “Ambassador of the Year” सम्मान पाउने व्यक्तित्व, डा. अन्जान शाक्य।
यो भेटघाट कार्यक्रमको आयोजना गैर आवासी नेपाली संघ इजरायल ले गरेको थियो। कार्यक्रममा संघका अध्यक्ष गणेश गिरि, आईसिसि सदस्य अलि मिया लगायतका वक्ताहरूले आफ्ना धारणा राखेका थिए। विशेष गरी G2G माध्यमबाट इजरायल आएका नेपाली कामदारहरूले आफ्ना अनुभव, संघर्ष र उपलब्धिका कथाहरू खुलेर सेयर गरे।
G2G सम्झौता: हजारौं जीवनसँग जोडिएको पहल
कुराकानीको केन्द्रमा स्वाभाविक रूपमा सरकार-देखि-सरकार (G2G) श्रम समझौता नै रह्यो। नेपाल र इजरायलबीच विश्वासको वातावरण बनाउँदै सुरक्षित, पारदर्शी र सरकारी निगरानीमा आधारित श्रम प्रक्रिया लागू गर्नु सजिलो काम थिएन। तर त्यसैको परिणामस्वरूप आज हजारौं नेपाली बिना बिचौलिया, स्पष्ट प्रक्रिया र सम्मानजनक वातावरणमा काम गरिरहेका छन्।
कार्यक्रममा सहभागी धेरै कामदारले एउटै कुरा दोहोर्याए “यो अवसरले हाम्रो जीवनको दिशा बदल्यो।” सुरक्षित रोजगारी र व्यवस्थित प्रक्रियाले उनीहरूलाई आत्मविश्वास दिएको छ।
अन्तर्राष्ट्रिय सम्मान र नेपाली पहिचान
राजदूतका रूपमा कार्यरत रहँदा उहाँले श्रम कूटनीतिलाई मात्र होइन, समग्र द्विपक्षीय सम्बन्धलाई बलियो बनाउने काम गर्नुभयो। यही योगदानका लागि इजरायलको Ambassadors’ Club of Israel ले उहाँलाई २०१९–२० का लागि “Ambassador of the Year” सम्मान प्रदान गरेको थियो। दक्षिण एशियाबाट यस्तो सम्मान पाउनु व्यक्तिगत उपलब्धि मात्र होइन, नेपालका लागि पनि गौरवको विषय बन्यो।
समय थपको माग र भविष्यको अपेक्षा
कार्यक्रममा G2G मार्फत नर्सिङमा आएका रजनि बिष्ट थापा लगायतहरुले वहाँले गरेको काम र पहलबाट इजरायल आउन पाएकोमा विशेष धन्यवाद ब्यक्त गर्दै पछिल्लो समय बसाइ अवधि (समय) थप गर्न पहल गरिदिन आग्रह पनि गरेका थिए। उनीहरूको भनाइमा, यहाँको काम, अनुभव र सीपले नेपाल फर्किएपछि पनि सकारात्मक प्रभाव पार्ने भएकाले समयावधि विस्तारले दुवै देशलाई फाइदा पुग्नेछ भन्ने कुरा जोडतोडले उठाएका थिए ।
अध्यक्ष गणेश गिरिले समुदायको तर्फबाट यस्ता व्यावहारिक मुद्दामा निरन्तर पहल आवश्यक रहेको उल्लेख गरे भने आईसिसि सदस्य अलि मियाले श्रमिक हितलाई प्राथमिकतामा राखेर संस्थागत प्रयास जारी राख्नुपर्ने धारणा व्यक्त गरे।
त्यो भेटको अर्थ
त्यो भेट केवल औपचारिक सम्मान कार्यक्रम थिएन। त्यो अनुभव, कृतज्ञता र भविष्यप्रतिको अपेक्षाको संगम थियो। डा. शाक्यले पनि नेपाली समुदायको मेहनत र अनुशासनको खुलेर प्रशंसा गर्दै आगामी दिनमा नेपाल–इजरायल सम्बन्ध र श्रम अवसर विस्तारका पक्षमा आफू सधैं सकारात्मक रहने प्रतिबद्धता जनाइन्।
विदेशी भूमिमा बसेर आफ्नो अधिकार सुरक्षित भएको महसुस गर्नु ठूलो कुरा हो। त्यो आधार तयार पार्न जसले पहल गर्यो, उसको योगदान समयसँगै अझ मूल्यवान् बन्दै जान्छ।
त्यो दिनको भेट मेरो लागि केवल एउटा कार्यक्रम होइन, एउटा स्मरणीय क्षण बन्यो जहाँ कूटनीति, श्रम र समुदायको कथा एउटै मञ्चमा जोडिएको थियो ।
नेपाल इजरायल.कम 🇳🇵🇮🇱
नेपाल इजरायल डट कम इजरायलस्थित नेपाली समुदायको आवाज हो । हामी केवल सन्देश र समाचारमात्र प्रवाह गर्दैनौँ, परदेशी भूमिमा बिताएका जीवनका संघर्ष र कथाहरू लेख्छौं । नेपालीका भोगाई, अनुभव तथा गतिविधिहरू प्रकाशन गर्छौं । इजरायलमा नेपाली समुदायको योगदानलाई कदर गर्दै यथासम्भव इजरायल प्रवासमा भएका नेपाली गतिविधि र क्रियाकलापहरुको दस्तावेज राख्ने यत्न गर्छौं ।
इजरायलमा रहेको नेपाली समुदायलाई जीवन्त बनाउने र तिनका कर्महरुलाई इन्टरनेटमा सधैंका लागि अभिलेखिकरण गर्ने हाम्रो ध्येय हो । ।
यहाँबाट पोष्ट गर्नुस
info@nepalisrael.com
झापा दमक स्थायी घर भई विगत १० वर्षदेखि इजरायलमा रहेका खेमराज जम्मर कट्टेल , सामाजिक र बौद्धिक क्षेत्रमा सक्रिय छन्। नेपाली युवाको प्रवासी पीडा, बेरोजगारी र समसामयिक विषयमा लेखहरू प्रकाशित गर्दै आएका उनि इजरायलमा खेलकुद र सामाजिक एकतामा पनि सक्रिय छन्। समाधानमुखी, यथार्थवादी र देश प्रेमले भरिएको विचार शैलीले उनलाई परिवर्तनशील लेखक र सामाजिक अभियन्ताका रूपमा पनि चिनाउँछ।
- खेमराज जम्मर कट्टेल
- खेमराज जम्मर कट्टेल
- खेमराज जम्मर कट्टेल
- खेमराज जम्मर कट्टेल
- खेमराज जम्मर कट्टेल
- खेमराज जम्मर कट्टेल
- खेमराज जम्मर कट्टेल
- खेमराज जम्मर कट्टेल
- खेमराज जम्मर कट्टेल


















































