आउँदै गरेको नेपाली नयाँ वर्ष २०८३ को अवसरमा इजरायलमा अनलाइन कविता वाचन प्रतियोगिता आयोजना हुने भएको छ। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए–एनसीसी) इजरायलले इजरायलमा कार्यरत नेपाली दिदीबहिनी तथा दाजुभाइहरूबीच “शुभकामना आदानप्रदान तथा अनलाइन कविता वाचन प्रतियोगिता २०८३” आयोजना गर्न लागेको हो।
संघका अध्यक्ष गणेश गिरिका अनुसार उक्त कार्यक्रम जूम (Zoom) मार्फत अनलाइन रूपमा सञ्चालन गरिनेछ। कार्यक्रममा सहभागी प्रतियोगीहरूमध्ये प्रथम हुनेलाई ५०० सेकेल नगदसहित प्रमाणपत्र, द्वितीय हुनेलाई ३०० सेकेल नगदसहित प्रमाणपत्र र तृतीय हुनेलाई २०० सेकेल नगदसहित प्रमाणपत्र प्रदान गरिनेछ।
कार्यक्रम अप्रिल १४ तारिखका दिन इजरायलको स्थानीय समय अनुसार बेलुकी ४ बजेदेखि ६ बजेसम्म सञ्चालन हुनेछ।
कार्यक्रममा सहभागी हुन इच्छुक साहित्यिक अनुरागीहरूलाई एनआरएनए–एनसीसी इजरायलले सहभागी भई कार्यक्रमलाई सफल बनाउन विशेष अनुरोध गरेको छ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com
























