भनन को हौ तिमी?
तिमी हौ त्यो पहिलो नजर ,
जसले मेरो संसार बदल्यो!
र त्यो अन्तिम चाह ,
जुन म सास फेरुन्जेल सञ्चित रहन्छ।
तिमी बिना बिहान फिक्का लाग्छ
र साँझ सुनसान।
तिमी सँग बोल्दा,
शब्दहरू गीत बन्छन्!
तिमी रिसाउँदा,
मन बादलझैँ गह्रौँ हुन्छ।
भनन को हौ तिमी?
तिमीलाई म प्रेम गर्छु,
शब्दभन्दा गहिरो, समयभन्दा लामो।
म चाहन्नँ तिमी केवल साथ बनिदेऊ,
म चाहन्छु तिमी मेरो हृदयको हर स्पन्दन बनिदेऊ।
भनन को हौ तिमी?
तिमी हौ त्यो प्रेम
जसले पीडामा पनि मिठास दिन्छ,
सधैँभरि हृदयमा फुलिरहन्छ,
बिना मौसम, बिना कारण केवल प्रेमकै नाममा!
भनन को हौ तिमी?
भरत के सी
बिरशेवा
झिमरुक गाउँपालिका ७ प्युठान स्थायी ठेगाना भएका भरत केसी देशप्रेम र समाजसेवामा रुचि राख्छन । हाल इजरायलको बिरशेवामा कार्यरत केसी साहित्य र समसामयिक विषयमा कलम चलाउँछन ।















