“देशको माया त्यति बेला साँचो हुन्छ, जब हामी देशमै बस्न सक्षम रहन्छौ ।” यो वाक्य झुटो लाग्न सक्छ—तर जब बिदेसिएपछि पनि देशको प्रत्येक समाचारले दिन बिगार्छ, तब यो यथार्थ साबित हुन्छ।
आज म विदेशमा छु बिहानदेखि बेलुकीसम्म पसिना बगाउँछु, महिनाको अन्त्यमा बचत गर्छु र देशमा परिवारलाई पैसा पठाउँछु । तर त्यो पैसा जब अस्पतालमा उपचारका लागि प्रयोग गर्नुपर्दा पनि घूस नख्वाई सेवा पाइँदैन, तब आफैँसँग रिस उठ्छ किन देश छोड्नुपर्यो?
नेपालको सबैभन्दा ठुलो समस्या अब गरिबी हैन, भ्रष्टाचार हो। विद्यालयमा गुणस्तरीय शिक्षा छैन किनकि शिक्षक नियुक्ति सिफारिसमा आधारित छ। स्वास्थ्य सेवा कमजोर छ किनकि औषधि खरिदमै अनियमितता हुन्छ। विकास आयोजना ठप्प छन् किनकि बजेट ‘कमिसन’ मै सकिन्छ।
आज देशमा सरकारी सेवा लिन ‘अधिकार’ होइन, ‘सम्भावना’ जस्तै भयको छ। यदि सम्बन्ध छ भने सेवा पाइन्छ, नत्र घुस दिनुपर्छ र दुःखको कुरा त के छ भने, यो अवस्था सबैले भोगिरहेका छन्, तर बोल्ने कमै छन् धेरै मौन छौँ। परिवर्तन सबैले चाहन्छौ तर आफै परिवर्तन हुन खोज्दैनौ। म गर्छु भन्ने होइन कसैले गर्दियोस् भन्ने आशामा छौ।
बिदेसिएर टाढा भएँ, हजारौँ किलोमिटर टाढा बसेर पनि देशलाई सम्झन्छु। खुसीसँगै रिस पनि उठ्छ, जब गाउँका विद्यालय अझै शौचालयविहीन छन्, जब बुबा आमाहरूले अस्पतालमा ICU बेड नपाएर साधारण बेडमा मृत्यु कुर्छन, जब पढेलेखेका बुझेका मान्छेहरू अनपढ गँवार नेता भनाउनेको झोले बन्छन। स्थानीय सामान्य सदस्यले बाटोको ग्राभेल बेचेर घर ठड्याउँछ।
देश प्रेम फेसबुकमा हैसट्याग चलाउने कुरा हैन।
देश प्रेम हो भ्रष्टाचार देखेर चुप नलाग्ने साहस।
देश प्रेम हो जनप्रतिनिधिको कर्मकाण्ड विरुद्ध आवाज उठाउने आँट।
जब मौनताको समय सकिन्छ तब अन्तर आत्मादेखि नै ज्वालामुखी विस्फोट हुन्छ।
हामीले धेरै सह्यौँ। तर अब मौनताले होइन, परिवर्तनको इच्छाले इतिहास लेखिन्छ।
विदेशमा बसे पनि म परिवर्तनको हिस्सेदार बन्न चाहन्छु।
हाम्रो स्वर देश सम्म पुगोस् भन्न चाहन्छु।
हामी विदेशमा छौँ, तर देश बिर्सेका छैनौँ। हामी पैसा मात्र हैन, सोच पनि फर्काउन चाहन्छौँ।
देशभित्रका हरेक भ्रष्ट नेतृत्व, हरेक कर्मकाण्डिय व्यक्ति , संस्था, हरेक मौनता विरुद्ध हामी कलम उठाउनेछौ।
भरत के.सी.
बिरशेवा, इजरायल
नेपाल इजरायल.कम 🇳🇵🇮🇱
नेपाल इजरायल डट कम इजरायलस्थित नेपाली समुदायको आवाज हो । हामी केवल सन्देश र समाचारमात्र प्रवाह गर्दैनौँ, परदेशी भूमिमा बिताएका जीवनका संघर्ष र कथाहरू लेख्छौं । नेपालीका भोगाई, अनुभव तथा गतिविधिहरू प्रकाशन गर्छौं । इजरायलमा नेपाली समुदायको योगदानलाई कदर गर्दै यथासम्भव इजरायल प्रवासमा भएका नेपाली गतिविधि र क्रियाकलापहरुको दस्तावेज राख्ने यत्न गर्छौं ।
इजरायलमा रहेको नेपाली समुदायलाई जीवन्त बनाउने र तिनका कर्महरुलाई इन्टरनेटमा सधैंका लागि अभिलेखिकरण गर्ने हाम्रो ध्येय हो । ।
यहाँबाट पोष्ट गर्नुस
info@nepalisrael.com
- भरत केसीhttps://nepalisrael.com/nepalisrael/author/bharat
- भरत केसीhttps://nepalisrael.com/nepalisrael/author/bharat
- भरत केसीhttps://nepalisrael.com/nepalisrael/author/bharat
- भरत केसीhttps://nepalisrael.com/nepalisrael/author/bharat