इजरायलमा कार्यरत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूका लागि एनआरएनए–एनसीसी इजरायलद्वारा एक सूचना सार्वजनिक गरिएको छ। गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्राष्ट्रिय समितिको परिपत्र तथा आगामी १२औँ महाधिवेशनको तयारीस्वरूप एनआरएनए–एनसीसी इजरायलले पञ्जिकृत सदस्यता आवेदन प्रक्रिया औपचारिक रूपमा खुला गरिएको छ ।
एनआरएनए–एनसीसी इजरायलको २२ डिसेम्बर २०२५ मा अध्यक्ष श्री गणेश गिरीको अध्यक्षतामा बसेको कार्यसमितिको औपचारिक बैठकले २३ डिसेम्बर २०२५ (मंगलबार) देखि ९ जनवरी २०२६ सम्म पञ्जिकृत सदस्यता लिन आवेदन खुला गर्ने निर्णय गरेको हो ।
संस्थालाई थप व्यवस्थित, पारदर्शी र सुदृढ बनाउने उद्देश्यसहित गैरआवासीय नेपाली संघले विगत चार वर्षदेखि MIS (Membership Information System) प्रणालीमार्फत सदस्यता दर्ताको व्यवस्था गर्दै आएको थियो। यसपटक भने उक्त प्रणालीलाई अझ प्रभावकारी बनाउँदै MRS (Membership Registration System) लागू गरिएको जानकारी पनि दिइएको छ।
एनआरएनए–एनसीसी इजरायलले इजरायलवासी सम्पूर्ण नेपालीहरूलाई यथाशीघ्र सदस्यता लिन हार्दिक आह्वान गरेको छ। पञ्जिकृत सदस्यताको शुल्क केवल ३० सेकेल तोकिएको छ।
सदस्यता शुल्क भुक्तानी विवरण
सदस्यता शुल्क ३० सेकेल निम्न बैंक खातामा जम्मा गर्न सकिनेछः
Bank: Postal (09)
Branch: 01
Account Number: 30156873
Account Name: Dharmendra Pun
रकम जम्मा गरेपछि भौचरमा उल्लेखित नम्बर अवश्य पठाउन अनुरोध गरिएको छ ।
यदि सो खातामा रकम जम्मा गर्न असहज भएमा, सूचनामा उल्लेखित सम्पर्क नम्बरहरूमध्ये कुनै एकमा सम्पर्क गरी सोही बराबरको नेपाली रुपैयाँ नेपालस्थित बैंकमा जम्मा गर्ने व्यवस्था पनि मिलाइएको छ।
सदस्यता आवेदन गर्ने तरिका
सदस्यता आवेदन प्रक्रिया पूर्ण रूपमा अनलाइन प्रणालीमार्फत हुनेछ।
Android प्रयोगकर्ताहरूले Play Store मा गएर
iOS प्रयोगकर्ताहरूले App Store मा गएर
“SMART NRNA” सर्च गरी आधिकारिक NRNA App डाउनलोड गर्न सक्नुहुनेछ।
त्यसैगरी,
एनआरएनए–एनसीसी इजरायलको आधिकारिक वेबसाइट
http://www.nrnaisrael.org/
वा केन्द्रको वेबसाइट
https://members.nrna.org/login
मा गई Country मा Israel चयन गरी, निर्देशनअनुसार आवश्यक कागजात अपलोड गर्दै सदस्यता आवेदन फारम Submit गर्न सकिनेछ।
इजरायलको हकमा, एनआरएनए–एनसीसी इजरायलका पदाधिकारी, कार्यसमिति सदस्यहरू वा एनसीसीसँग सम्बन्धित व्यक्तिहरूमार्फत Cash Payment गर्ने व्यवस्था पनि गरिएको छ।
आवश्यक कागजातहरू (तपशिल)
१. पासपोर्ट साइजको फोटो
२. पासपोर्टको प्रतिलिपि
३. भिसाको प्रतिलिपि
४. इजरायल प्रवेश गरेको १८० दिन पुगेको प्रमाणित कागजात वा एनआरएनको पुरानो आइडी कार्डको प्रतिलिपि
विशेष नोट
आवेदन फारम भर्दा इमेल ठेगाना र मोबाइल नम्बर अनिवार्य हुनेछ।
यही इमेल र मोबाइल नम्बर स्वतः तपाईंको User ID हुनेछ।
आवेदन स्वीकृत वा अस्वीकृत भएको जानकारी सोही इमेल ठेगानामा प्राप्त हुनेछ।
फारम भर्दा सेट गरिएको पासवर्ड स्वयंले सुरक्षित राख्नुपर्नेछ।
सहयोगका लागि सम्पर्क
अनलाइन प्रविधि सबैका लागि समान रूपमा सहज नहुन सक्छ। यदि आवेदन प्रक्रियामा कुनै असहजता आएमा, तल उल्लेखित नम्बरहरूमा सम्पर्क गर्न सक्नुहुनेछः
📞 0546554545
📞 0552980465
📞 0559844847
📞 0587878948
📧 il.generalsecretary@nrna.org
एनआरएनए–एनसीसी इजरायलले सबै इजरायलवासी नेपालीहरूलाई संस्थागत एकता, सहभागिता र साझा आवाजलाई अझ बलियो बनाउने यस अभियानमा सक्रिय सहभागिताका लागि आग्रह गरेको छ।
चित्र बहादुर कार्की
महासचिव
एनआरएनए – एनसीसी इजरायल
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com

























