मे १ अर्थात् विश्व श्रमिक दिवस को अवसर पारेर वैदेशिक रोजगारीमा कार्यरत नेपाली कामदारहरूलाई लक्षित गर्दै एन एन आर एन ए इजरायलद्वारा सामाजिक सुरक्षा कोषसम्बन्धी अनलाइन अभिमुखीकरण कार्यशाला आयोजना गरिने भएको छ। मजदुरहरूको हक, हित, सुरक्षा र सम्मानका लागि विश्वभर आवाज उठाइने यस विशेष दिनमा आयोजना हुन लागेको यो कार्यक्रमलाई अझ अर्थपूर्ण पहलका रूपमा हेरिएको छ।
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायल को आयोजनामा हुने उक्त कार्यशाला श्रम मन्त्रालय, सामाजिक सुरक्षा कोष तथा गैर आवासीय नेपाली संघ यूरोप क्षेत्रीय समिति को सहजीकरणमा सञ्चालन गरिनेछ। परिषदको कार्यसमिति बैठकले वैदेशिक रोजगारीमा रहेका नेपाली तथा उनीहरूको परिवारको सुरक्षित भविष्यका लागि सामाजिक सुरक्षा कोषमा आवद्धता अत्यन्त महत्वपूर्ण रहेको ठहर गर्दै कार्यक्रम गर्ने निर्णय गरेको हो।
एसिया प्यासिफिक, मध्यपूर्व, यूरोप, अफ्रिका, अमेरिका लगायत विश्वभर कार्यरत नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई कार्यक्रममा सहभागिताका लागि हार्दिक निमन्त्रणा गरिएको छ। कार्यशाला १ मे २०२६ (शुक्रबार) का दिन नेपाली समय अनुसार साँझ ४:४५ बजेदेखि ६:०० बजेसम्म जुम भर्चुअल माध्यममार्फत सञ्चालन हुनेछ।
मिति: १ मे २०२६ शुक्रबार
समय: नेपाली समय सांझ ४:४५ बजे देखि ६:०० सम्म
माध्यम: जुम भर्चुअल
कार्यक्रममा सामाजिक सुरक्षा कोषमा आवद्धता, यसको महत्व, लाभ तथा प्रक्रिया सम्बन्धी विस्तृत जानकारी प्रदान गरिने आयोजकले जनाएको छ। कार्यक्रमले वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरूको सामाजिक सुरक्षालाई सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ । एन एन आर एन ए इजरायलका महासचिव चित्र कार्कीले एक सुचना प्रकाशित गर्दै सो कार्यक्रमको बारेमा जानकारी दिएका हुन् ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com
























