इजरायलमा उत्पन्न जटिल तथा संवेदनशील परिस्थितिलाई मध्यनजर गर्दै गैर आवासीय नेपाली संघ (NRNA) इजरायलले देशका विभिन्न भौगोलिक क्षेत्रमा कार्यरत नेपाली दिदीबहिनी तथा दाजुभाइबीच सूचना तथा सहयोग आदान–प्रदान सहज बनाउन आपतकालीन “सम्पर्क व्यक्ति” तोकेको जनाएको छ। संघले सम्भावित समस्या वा आपतकालीन अवस्थाका बेला सम्बन्धित क्षेत्रमा रहेका नेपालीहरूले तोकिएका सम्पर्क व्यक्तिसँग समन्वय गर्न अनुरोध गरेको छ। साथै, सम्पूर्ण नेपाली समुदायलाई संयमित र सतर्क रहन हार्दिक अपिल गरिएको छ।
तोकिएका क्षेत्रगत सम्पर्क व्यक्ति विवरण:
१) तेल अभिव क्षेत्र
रमेश जोशी (०५३५९९६४८५)
सुमित्रा दवाडी (०५२५५४०१२२)
गीता कार्की (०५३७०५२०९४)
अनु थापा (०५५९२३८७०६)
सेबिका आले (०५४२९८८७२२)
२) रमातगान / बिनब्राक
केशबराज खनाल (०५५९८४४८४७)
पवित्रा गौतम (०५५९८४४७०४)
३) नेतान्या / रनाना / हर्जिलिया
दिलिप सुन्दास (०५०९३०३७८७)
निर्मला बुढाथोकी (०५५२९५९३२३)
गीता सुवेदी (०५५२८००१८३)
ललिता शाक्य (०५०२५८८९४३)
४) पेतातिक्वा
धर्मेन्द्र पुन (०५५९६३१०३२)
नकुल लामिछाने (०५५२४७३२९८)
सबिता बास्तोला (०५३५०३५७०१)
प्रदिप पोख्रेल (०५३९३०४११०)
हरिभक्त ढकाल (०५५९८२७१४६)
५) तिवेरिया / अफुला
राजन दुवाडी (०५२४३७२०४९)
नवराज ओली (०५४९४२८७९९)
आशा गिरी (०५५९८८४६१५)
६) हाईफा / नाहरिया
कृष्ण चौधरी (०५२५७१०६७७)
अम्बिका थापा (०५५९८४४६२९)
प्रज्ववल लामा (०५२८७०६७०५)
रमा भट्ट (०५५९८४४६१५)
७) आस्दोत / अस्कोलन
गणेश तामाङ (०५५९५०२६५९)
दोलख गुरुङ (०५४९९७७९३४)
८) बातियाम / नेसजियोना
अनिस खतिवडा (०५५२५०६३८५)
भृकुटी बानियाँ (०५२२५०७७४५)
९) लुद / खुलन / रोखोबोत
अशोक थोकर (०५८७८७८९४८)
खुमन सापकोटा (०५४७५३६९८७)
कमला भुषाल (०५४६७२१९८०)
कल्याण कुमार जोशी (०५३८९२६९४३)
१०) बिरसेवा
भरत केसी (०५५२९८०४७६)
एभराज कार्की (०५०४२०५२७५)
११) जेरुसलम
शिवराज खडका (०५५९६५११५६)
माया शाक्य (०५५९८४४५९४)
सुदिप अधिकारी (०५१५५६०७४७)
१२) इलात
ज्योतिदेवी शर्मा (०५२८३७७२०३)
अर्जुन बस्नेत (०५४३१९७७१६)
१३) याफो
गीरराज ओली (०५५२९८०४५५)
लेखनाथ कार्की (०५५२९८०३४९)
संघले तोकिएका सम्पर्क व्यक्तिहरूलाई सम्बन्धित क्षेत्रमा कार्यरत सक्रिय प्रतिनिधिमूलक साथीहरू समेटेर उपसमिति गठन गर्न समेत अनुरोध गरेको छ, जसले आपतकालीन अवस्थामा अझ प्रभावकारी समन्वय गर्न सहयोग पुर्याउने विश्वास लिएको छ।
त्यसैगरी, आधिकारिक सूचना तीव्र प्रवाहका लागि अलि महम्मद मियाँ (०५०९२४३२३) र श्रीकृष्ण भण्डारी (०५८६८७१२५८) लाई समेत जिम्मेवारी प्रदान गरिएको जानकारी दिइएको छ।
संघका महासचिव चित्र कार्की (०५५२९८०४६५) र अध्यक्ष गणेश गिरी (०५४६५५४५४५) ले संयुक्त रूपमा सबै नेपाली समुदायमा “सुरक्षित जीवन र दिगो शान्तिको कामना” व्यक्त गर्दै आवश्यक परेमा नजिकको सम्पर्क व्यक्तिसँग तुरुन्त सम्पर्क गर्न आग्रह गर्नुभएको छ।

नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com
























