हमासले ४८२ दिनको बन्दी अवस्थापछि बिहीबार तीन इजरायली र पाँच थाई नागरिकलाई रिहा गरेको छ। हमासको कब्जाबाट मुक्त गरिएका इजरायलीहरूमा २९ वर्षीय अर्बेल एह्युद, ८० वर्षीय गादी मोसेस र २० वर्षीय अगम बर्गेर रहेका छन्।
रिहाइका क्रममा रेडक्रसलाई जिम्मा लगाइएका उनीहरूलाई इजरायली सेनाले हेलिकप्टरमार्फत लगेका थिए। अर्बेल एह्युदलाई हमासका लडाकुहरूले सम्मानसहित गाडीतर्फ लैजाने दृश्य भाइरल बनेको छ।
भर्खर हमाससंग कब्जामा रहेका बन्धकहरूको सूचीमा विपिन जोशीको पनि नाम समावेश भएको नामावली बाहिरिएको थियो । हमास इजरायल युद्ध विराम सँगै उनको रिहाइको लागि विभिन्न किसिमका पहलहरू नेपाल सरकार र कूटनीतिक निकायहरूले गर्दै आएका थिए । सम्भावित रिहाइ सूचीमा उनको नाम समेटिने आशा गरिएको छ ।
यसै सम्बन्धमा नेपाली दूतावास इजरायलका महामहिम राजदूत धनप्रसाद पण्डित सँग बिबिसीले लिएको अन्तर्वार्ता हामीले यहाँ राखेका छौँ । सुन्नुहोस :
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com