विपिन जोशी पहिलो चरणमै रिहा हुने सम्भावना कति ?
नेपाल, थाइल्याण्ड र तान्जानियाले हमासबाट अपहरित इजरायली बन्धकहरूसँगै आफ्ना देशका नागरिकहरू शुरुको चरणमै रिहा गरियोस भनेर बारम्बार कुटनीतिक पहल गरिरहेका छन् ।
सम्बन्धित राष्ट्रहरुले इजरायली बन्धकहरूसँगै विदेशी बन्धकहरू पनि रिहा होउन भनेर अनुरोध र अपेक्षा स्वाभाविक हो तर यो सम्भावना कति छ ? एक विशेष श्रोतबाट प्राप्त जानकारी अनुसार इजरायली बन्धकहरु संगै हमासले विदेशी बन्धकहरु पनि निशर्त मुक्त गरिदिने अपेक्षा गरिएको छ । यसका लागि सो समुहलाई इजिप्ट र कतार लगायत मध्यस्थकर्ताहरुले अनुरोध गरिरहेका छन ।
युद्धविराम र बन्धक रिहाइको पहिलो चरणको सम्झौता अनुसार, हमास र त्यससँग सम्बन्धित सशस्त्र समूहहरूले ६ हप्ता भित्रमा ३३ जना इजरायली बन्धकहरूलाई रिहा गर्नेछन्। सोहि क्रममा विदेशी बन्धकहरु पनि रिहा गर्न शुरु गर्नेछन तर कुन देशका विदेशी नागरिकहरू पहिले रिहा हुनेछन् भन्ने जानकारी खुलाइएको छैन।
इजरायली प्रधानमन्त्रीको कार्यालयका अनुसार गाजामा रहेका ८४ जना बन्धकहरू इजरायली वा दुईवटा नागरिकता भएका छन्। त्यसबाहेक आठ जना थाइल्यान्डका, एक जना नेपालका, र एक जना तान्जानियाका बन्धक बनाइएका छन्।
नेपालका विपिन जोशी हमासको कब्जामा सकुशल रहेको विश्वास गरिएको छ । उनको रिहाईको लागि निरन्तर पहलहरु भैरहेका छन । हमासद्वारा अपहरित विदेशी बन्धकहरूमा थाइल्यान्डका दुई जना र तान्जानियाका एक जना नागरिकको भने हिरासतमै मृत्यु भैसकेको छ ।
यसअघि, इजरायलको शमीर मेडिकल सेन्टरका प्रवक्ताले संचार मध्यमलाई गाजाबाट रिहा गरिने बन्धकहरु (इजरायली र/वा विदेशी नागरिकहरू) को उपचारका लागि अस्पतालमा एक विशेष क्षेत्र तयार गरिएको जानकारी दिएका थिए।
नेपाल र इजरायलका समाचारहरु हामी नेपाल इजरायल डट कम मार्फत निरन्तर अपडेट गरिरहेका हुन्छौं,
विपिन जोशीका बारेमा अरु अपडेटहरु हेर्न यहाँ क्लिक गर्नुहोस ।
यो पनि पढ्नुहोस :
विपिन जोशीको रिहाइका लागि निरन्तर कूटनीतिक प्रयास
‘विपिन भाइ सकुशल हुनुहुन्छ, फर्केर आउनु हुन्छ’: परराष्ट्र मन्त्री राणा
विपिन जोशी लगायत अन्य बन्धकहरुको रिहाइको माग गर्दै प्रदर्शन, नेपाली राजदूतको विशेष पहल
विपिन जोशीको रिहाइका लागि सरकार सक्रिय, कतार र इजिप्टसँग पुनः आग्रह
सूचना प्रविधिका साथै कला र साहित्यमा रुचि राख्ने कृष्णपक्ष थापा इजरायलको जेरुसलेममा कार्यरत छन ।