परराष्ट्र मन्त्री आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल भइरहेको जानकारी दिएकी छन्।
सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै मन्त्री राणाले विपिनको रिहाइको लागि कतारसँग पुनः आग्रह गर्ने तयारी गरिएको बताइन्। उनले कतारका राजदूतसँग फोनमा संवाद गरेकी र त्यहाँका विदेशमन्त्रीसँग कुराकानीको वातावरण बनाउन अनुरोध गरेको जानकारी दिइन्।
मन्त्री राणाले विपिन सकुशल रहेको र उहाँको रिहाइ हुनेमा विश्वास व्यक्त गरिन्।
सन् २०२३ को अक्टोबर ७ मा प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलमाथि आक्रमण गर्दा १० नेपाली विद्यार्थीसहित १,२०० जना भन्दा बढीको मृत्यु भएको थियो। यस क्रममा हमासले करीब २५० जनालाई बन्धक बनाएको थियो, जसमा विपिन जोशी पनि समावेश छन्।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com