इजरायल – तमू समाज इजरायलले तमू समुदायको राष्ट्रिय पर्व ‘तमू ल्होसार २०८१’ को अवसरमा इजरायलको तेल अवीव्मा भव्य सांस्कृतिक कार्यक्रमको आयोजना गर्न गैरहेको छ। नेपाली पात्रो अनुसार मुप्रि-ल्हो (गिद्ध वर्ग) लाई बिदाई गर्दै सप्रि-ल्हो (सर्प वर्ग) लाई स्वागत गर्न तमू जातिको मौलिक संस्कार, संस्कृति, र परम्परा झल्कने विशेष कार्यक्रम प्रस्तुत गरिनेछ।
कार्यक्रम २०२५ जनवरी ३ तारिख, शुक्रबार, तेलअभिवको यादखरुचिम -१५ (लेविन्सकी पार्कबाट १० मिनेटको दूरीमा) आयोजना हुने यो कार्यक्रम बेलुकी ७:०० बजे सुरु भएर बिहान ३:०० बजे सम्म चल्नेछ।
कार्यक्रमका मुख्य विशेषताहरूमा तमू जातिको परम्परागत पुजा विधि स्योकैं, शुभकामना आदान-प्रदान, इजरायलमा रहेका चर्चित नेपाली कलाकारहरूको विशेष प्रस्तुति, डिजे धमाकासहित मनोरञ्जनात्मक कार्यक्रम तमू जातिको मौलिक परम्परा र संस्कृतिलाई झल्काउने सांस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ ।
तमू समाज इजरायलका अनुसार, यस कार्यक्रमले तमू समुदायको पहिचानलाई उजागर गर्दै नेपाली संस्कृतिलाई प्रवासी भूमिमा जीवन्त राख्ने उद्देश्यसहित कार्यक्रम आयोजना गर्न लागिएको हो ।
तमू समाज इजरायलले इजरायलमा रहेका तमू समुदायका साथै अन्य नेपाली दाजुभाइ तथा दिदि बहिनिहरूलाई यस विशेष कार्यक्रममा सहभागी भई आफ्ना संस्कृति, परम्परा, र चाडपर्वलाई संरक्षण र प्रवर्द्धनमा साथ दिन आह्वान गरेको छ।
कार्यक्रममा सहभागी हुन र तमू संस्कृतिको समृद्ध परम्परालाई नजिकबाट अनुभव गर्न यो अवसरलाई छुटाउन नहुने आयोजकको भनाइ छ। सन् २००६ मा स्थापित तमु समाज इजरायलले तमु पहिचान झल्किने बिभिन्न कार्यक्रम गर्दै आएको छ ।
आयोजक
तमू समाज इजरायल
(सम्पर्कका लागि: स्थान र समयबारे थप जानकारीका लागि आयोजक संस्थासँग सम्पर्क राख्न सकिन्छ।)
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com