नेपाली राजदुतावास तेल अभिभ इजरायल : मिति २१ अगस्ट २०२४ मा कार्यवाहक राजदूत श्री कुमार बहादुर श्रेष्ठले तेल अबिवको जाफामा रहेको “गोल्डेन केयर” नामक वृद्ध वृद्धा स्याहार केन्द्रका महाप्रबन्धक श्री बोरिस लेभिन र प्रबन्धक सुश्री मारिना एन्टोनियनसँग भेट गर्नुभयो।
गोल्डेन केयर सेन्टर इजरायलमा ज्येष्ठ नागरिकहरूको सेवाको लागि एक ठूलो केन्द्र हो। भेटमा नेपाल–इजरायल सम्बन्धका विभिन्न पक्षमा विचार आदानप्रदान गर्नुका साथै स्वास्थ्य सेवाको क्षेत्रमा नेपाली श्रमिकको योगदानका बारेमा प्रकाश पारिएको थियो ।
बैठकलाई औपचारिक रुपमा जानकारी गराउनु अघि महाप्रबन्धकले नेपाली स्याहार केन्द्रको अवस्थाबारे जानकारी दिँदै केयर सेन्टरमा रहेका नेपाली कामदारको समस्याबारे बताउँदै कम्पनीबाट कुनै कामदार भागेमा सरकारको कर प्रणालीमा असर पर्ने बताए ।
हाल केन्द्रमा २४ जना नेपाली कामदार छन् र तीमध्ये अधिकांश धेरै राम्रा, इमान्दार र अनुशासित छन्। उनले नेपाली कामदारको प्रशंसा गरे । तर एक वर्षभित्र कम्पनी परिवर्तन गर्ने नेपाली कामदारको समस्याले कम्पनीमा समस्या निम्त्याएको उनले प्रकाश पारे । यसका साथै आवास, खाना, स्वास्थ्य बीमा, तलब, ओभरटाइम रकम लगायतका सबै आवश्यक सुविधा सरकारको नियमानुसार उपलब्ध गराइएको बताउनु भयो ।
यसै बीच कार्यवाहक राजदूतबाट केही नेपाली कामदारहरू रहेको उनीहरूको हेरचाह केन्द्रको भ्रमण भयो जहाँ वयस्क/अशक्त र बिरामी पुरुष-महिलाहरूलाई हेरचाहकर्ताहरूले सेवा गरिरहेका थिए।
कार्यवाहक राजदूतबाट केही अन्य समस्याहरू पहिचान गर्दै त्यहाँ सेवामा समर्पित कामदारहरुमा कामको ओभर लोड भएको देखियो। निज का.वा. राजदूतबाट केही नेपालीहरूसँग छलफल गरे पश्चात् देखा परेका केही समस्याहरू टिपोट गरियो ।
महाप्रबन्धक र नेपाली कामदारसँगको भेटपछि सेन्टरको व्यवस्थापन समितिले केयर सेन्टरमा एउटा सानो भेला आयोजना गरेको थियो । सबै सहभागीहरुका अगाडी नेपाली कामदारहरुको समस्याबारे छलफल भयो । यसबीचमा सवैका समस्याहरू बारे जानकारी लिने काम भयो ।
नेपाली कामदारलाई राम्रो काम गर्न सुझाव दिनुका साथै भएका समस्या र पछि देखा पर्ने समस्या भए समाधान गर्न व्यवस्थापन पक्षलाई सल्लाह दिने काम भयो र नेपाली कामदारको समस्या कम गर्न र अन्य सुधार गर्न ध्यानाकर्षण पनि गरियो ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com