मासिक झण्डै दुई लाख भारतीय रुपैयाँ तलब दिने गरी इजरायलले १५ हजार भारतीय कामदार लैजाने भएकाे छ।
इजरायल र भारत सरकारबीच कामदार लैजाने विषयमा सन् २०२३ मा नै जीटुजी सम्झौता भएको थियो। यसअघि निर्माण क्षेत्रका लागि १० हजार ३४९ भारतीय कामदार लगिसकेको छ । इजरायलले यसपटक निर्माणका साथै स्वास्थ्य क्षेत्रका लागि समेत भन्दै १५ हजार कामदार लैजाने निर्णय गरेको छ ।
भारतीय सञ्चार माध्यमले जनाए अनुसार इजरायल सरकारले भारत सरकारलाई सम्पर्क गरी कामदार माग गरेकाे हाे भने कामदार छनोटका लागि इजरायली कम्पनीका प्रतिनिधिहरु यसै हप्ता भारत भ्रमण गर्नेछन्।
यो पनि पढ्नुहोस
नक्कली सर्टिफिकेटका कारण इजरायल जाने केयरगिभरको छनोट प्रक्रिया रोकियो
कामदारकाे तलब मेडिकल बीमा, खाने, बस्ने सुविधासहित एक लाख ९२ हजार भारू हुनेछ भने उनीहरुले हरेक महिना १६ हजार ५१५ भारू बोनस पनि पाउने छन् ।
निर्माण क्षेत्रका कामदार छनोटका लागि महाराष्ट्रमा शिविर सञ्चालन हुनेछ। इजरायली टोलीले उक्त शिविरबाट आफ्नो मापदण्ड र सीप हेरेर कामदार छनोट गर्नेछ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com