गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (NRNA NCC) इजरायलले यहि नोभेम्बर २४ तारिखका लागि तोकिएको “अन्तर्राष्ट्रिय खुल्ला वक्तृत्वकला प्रतियोगिता” को मिति परिवर्तन गरेको छ। एन आर एन ए इजरायलले वक्तित्वकला प्रतियोगिता कार्यक्रमको मिति परिर्वतन सम्बन्धी सूचना प्रकाशित गर्दै अब उक्त कार्यक्रम डिसेम्बर १४, २०२४, शनिबार को दिन सञ्चालन हुने तय भएको जनाएको छ ।
कार्यक्रमलाई प्राविधिक रूपमा अझ व्यवस्थित र सफल बनाउन, साथै विश्वभरबाट बढ्दै गएको चासोलाई ध्यानमा राख्दै मिति परिवर्तन गरिएको संघले जानकारी दिएको छ।
देश बाहिर रहेका ४० वर्षसम्मका उमेर समूहका गैर आवासीय नेपालीहरूले सहभागी हुन पाउनेछन्। नेपालभित्रका वक्ताहरूले भने अप्रतियोगी रूपमा सहभागिता जनाउन सक्नेछन्।
विश्वभर रहेका नेपाली समुदायलाई अभिव्यक्ति कला प्रोत्साहन गर्ने र सामूहिक रूपमा जोड्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो।
इजरायल लगायत विश्वभर वैदेशिक रोजगार, अध्ययन, व्यवसाय, वा अन्य सिलसिलामा बसोबास गर्ने सबै नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई कार्यक्रममा सहभागी भई आफ्नो प्रतिभा प्रदर्शन गर्न संघले हार्दिक अनुरोध गरेको छ।
विस्तृत जानकारीका लागि :
कार्यक्रम संयोजक – चित्र व. कार्की –+972552980465
अध्यक्ष – श्रीकृष्ण भण्डारी – +972586871258
महासचिव -अलि महम्मद मिया – +972509249393
इजरायल वाहिरबाट सम्पर्क गर्दा उल्लेखितत नम्वनरहरुमा whatsapp वा NRNA NCC, Israel को आधिकारिक फेसवुक पेज, म्यासेन्जर वा इमेल ठेगाना मार्फत गर्न सकिने छ ।
सहभागिताको लागि यहाँ क्लिक गरी फारम भर्नु होला –
Google form : https://forms.gle/kMrGsXbiXqCXfKjF8
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com