गत वर्ष ७ अक्टोबर २०२३ मा हमासले इजरायलमाथि आक्रमण गर्दा अपहरण गरिएका कुल २५१ जनामध्ये हालसम्म ५९ जना बन्धक अवस्थामा रहेको पुष्टि भएको छ। इजरायली अधिकारीहरूले यीमध्ये ३५ जनालाई मृत घोषित गरेका छन् भने २४ जनालाई जीवित भएको अनुमान गरिएको छ। जसमध्ये नेपाली नागरिक विपिन जोशी र थाई विदेशी कामदार नेटफोन पिन्टा जिवितै अवस्थामा रहेको संचार मध्यमहरुले उल्लेख गरेका छन ।
बन्धकहरूको अवस्था
इजरायली सेनाको तथ्यांकअनुसार, ७ अक्टोबरको घटनाअघि नै गाजामा दुई जना इजरायली नागरिक बन्धक बनाइएका थिए। साथै, २०१४ को युद्धमा मारिएका दुई इजरायली सैनिकको शव समेत गाजामै रहेको छ।
हालसम्म विभिन्न सम्झौताहरूअन्तर्गत १४७ जना बन्धकहरूलाई मुक्त गरिएको छ, जसमध्ये ८ जनाको मृत्यु भइसकेको थियो। इजरायली सेनाले गाजाबाट ४१ वटा शव उद्धार गरेको छ भने ८ जनालाई जीवितै उद्धार गरिएको छ।
बन्धक अवस्थामै रहेका ५९ जना मध्ये २४ जीवितै र ३५ मृत
बाँकी रहेका ५९ बन्धकमध्ये २४ जना अझै जीवित हुन सक्ने ठानिएको छ। १७ जना शत प्रतिशत कन्फर्म गरेको छ ।जीवित ठानिएकामा इजरायली नागरिकहरू तथा दुई जना विदेशी श्रमिकहरू समावेश छन्। ती विदेशी श्रमिकहरूमध्ये एक जना नेपाली नागरिक बिपिन जोशी रहेको बताइएको छ।
गैर-इजरायली बन्धकहरूको अवस्था
गाजामा बन्धक बनाइएका बाँकी पाँच जना गैर-इजरायलीहरूमा तीन जना थाई, एक जना नेपाली र एक जना तान्जानियाली नागरिक छन्। इजरायली स्रोतका अनुसार, यीमध्ये एक थाई नागरिक र नेपाली नागरिक बिपिन जोशी अझै जीवित रहेको विश्वास गरिएको छ।
🔹 ७ अक्टोबर २०२३ मा कब्जा गरिएका बन्धकहरू: २५१ जना
🔹 ७ अक्टोबरको आक्रमण अघि कब्जा गरिएका बन्धकहरू:
- सन् २०१४ र २०१५ मा गाजामा पसेका २ जना
- २०१४ को युद्धमा मारिएका २ इजरायली सैनिकका शव
🔹 विभिन्न सम्झौताहरूमा मुक्त गरिएका बन्धकहरू: १४७ जना (जसमध्ये ८ जना मृत अवस्थामा )
🔹 हालसम्म बन्धक अवस्थामा हमासको कब्जामा रहेका व्यक्ति: ५९ जना (जसमध्ये इजरायलले ३५ जनालाई (३२ इजरायली ३ विदेशी ) मृत घोषणा गरेको)
🔹 इजरायली फौजद्वारा उद्धार गरिएका शवहरू: ४१ जना
🔹 जिवित उद्धार गरिएका बन्धकहरू: ८ जना
२४ जना अनुमानित जीवित बन्धकहरू
(रातो चिन्ह लगाएका शतप्रतिशत कन्फर्म भएका नामहरु हुन् । बाँकी शत प्रतिशत कन्फर्म नभएका तर जीवित रहेको विश्वास छ )
१. एभियातार डेभिड 🔴
२. एइटन होर्न 🔴
३. एइटन मोर 🔴
४. एलोन ओहेल 🔴
५. एल्काना बोहबोट 🔴
६. गाइ गिल्बोआ डालाल 🔴
७. गाली बर्मन 🔴
८. डेभिड कुनियो 🔴
९. जिभ बर्मन 🔴
१०. योसेफ ओहाना 🔴
११. मातान एन्ग्रिस्ट 🔴
१२. मातान त्जाङ्गाओकर 🔴
१३. निमरोड कोहेन 🔴
१४. इदान अलेक्जाण्डर 🔴
१५. ओम्री मिरान 🔴
१६. सेगेभ काल्फोन 🔴
१७. बार कुपरस्टेन 🔴
१८. एभिनातान ओर
१९. एरियल कुनियो
२०. म्याक्सिम हार्किन
२१. रोम ब्रेस्लाभस्की
२२. तमिर निमरोड
२३. बिपिन जोशी (नेपाली विदेशी कामदार)
२४. नेटफोन पिन्टा (थाई विदेशी कामदार)
कुल जीवित अनुमानित: २४ (२२ इजरायली, २ विदेशी कामदार)
बन्धक अवस्थामै मृत्यु भइसकेका वा शव फेला परेका व्यक्तिहरू:
कुल ३५ जना, जसमध्ये ३ जना विदेशी कामदार समेत छन्।
🔹 इजरायली सैनिकहरू: कर्नेल असाफ हमामी, लेफ्टिनेन्ट हदार गोल्डिन (२०१४ मा अपहरण), सर्जेन्ट इताय चेन्, क्याप्टेन डेनियल पेरेत्ज, कर्पोरल ओज डेनियल, क्याप्टेन ओमर नाउट्रा, सर्जेन्ट मेजर मोहम्मद अल-अत्राश, सर्जेन्ट रन ग्वेइली, सर्जेन्ट शाइ लेभिन्सन आदि।
🔹 गैर-सैनिकहरू: जुडी वेनस्टाइन, इनबर हाइमन, ओफ्रा केदार, अविभ एत्जिली, सहार बारुच, गाइ इलुज, तल खाइमी, तमिर अडेर, आर्ये जाल्मानोवित्ज, इदान श्टिवी, योसी शराबी, गाडी हागी, मेनि गोदार्ड, लिओर रोडाइफ, उरिएल बारुच, डोर ओर, याइर याकोब, अमिराम कुपर, योनातान साम्रानो, रोनेन एन्गेल, एलियाहु मार्गालिट, एइटन लेवी, इलान वेइस ।
🔹 विदेशी कामदारहरू: सोन्ताया अक्रासी (थाई), सुथ्तिसाक रिन्तलक (थाई), जोशुवा मोलाल (तान्जानियाली)
गाजामा अझै ५९ जना बन्धक अवस्थामा छन्, जसमध्ये २४ जना जीवितै रहेको विश्वास छ। बिपिन जोशी (नेपाली कामदार) अझै बन्धक अवस्थामै छन्, तर उनी पनि जीवितै रहेको विश्वास छ ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com