तेल अविव – झापाली समाज इजरायलको छैटौं अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ।
उक्त अधिवेशनले २०२५–२०२७ कार्यकालका लागि मुना सिटौला अधिकारीलाई झापाली समाज इजरायलको नयाँ अध्यक्षका रूपमा सर्वसम्मत चयन गरेको छ।
छैटौं अधिवेशन नेपाली राजदूत प्रन धनप्रसाद पण्डितको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष मुकुन्द ढुंगाना र निवर्तमान पूर्व अध्यक्ष दीपकप्रसाद ओली विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।
झापाली समाज इजरायलका निवर्तमान अध्यक्ष दुर्गाप्रसाद चापागाईंको सभापतित्वमा सम्पन्न अधिवेशनको निर्वाचन समितिका संयोजक खेमराज जमरकट्टेलले जारी गरेको विज्ञप्तिअनुसार मुना सिटौला अधिकारीको नेतृत्वमा ३५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ।
विशेष अतिथिमा अन्तर्राष्ट्रिय झापाली समाजका पूर्व महासचिव निर्वाचन संयोजक खेमराज जमरकटेल अन्तर्राष्ट्रिय झापाली समाजका सह कोषाध्यक्ष रमा बुढाथोकी गैरावासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् इजरायलबाट महासचिव अलि मोहम्मद मिया निवर्तमान अध्यक्ष गणेश गिरी नेपाल आदिवासी जनजाति महासंघ इजरायलका वरिष्ठ उपाध्यक्ष मन मास्की राना नेपाली जनसम्पर्क समिति इजरायलका महामन्त्री माया खनाल प्रवासी नेपाली मञ्च इजरायलका उपसचिव सेविका आले सचिव रमेश जोशी साथै गैर आवासीय नेपाली संघ आइसिसी सदस्य विशाल ज्ञवाली लगायत इजरायलमा क्रियाशील संघसंस्थाका प्रतिनिधिहरू झापाली दाजुभाई दिदीबहिनीहरुको उपस्थितिमा सुसम्पन्न भएको थियो।
उक्त कार्यक्रममा कार्यक्रमका सभाध्यक्ष दुर्गाप्रसाद चापागाईले प्रमुख अतिथि विशिष्ट अतिथि ज्यूहरूलाई दोसल्लासहित मायाको चिनो प्रदान गर्नुभएको थियो। साथै निर्वाचन संयोजक र सल्लाहकार ज्यूलाई सम्मानपत्रद्वारा सम्मानित गर्नुभएको थियो।
नयाँ कार्यसमितिमा निम्न पदाधिकारीहरू चयन भएका छन्:
- अध्यक्ष: मुना सिटौला अधिकारी
- वरिष्ठ उपाध्यक्ष: पवित्रा बजगाईं
- उपाध्यक्षहरू: विष्णु उप्रेती, रमा बुढाथोकी, पायल कटुवाल, दिवस शर्मा
- महासचिव: राजेन्द्र उप्रेती
- सचिवहरू: बुद्धि ढकाल, पारस घिसिङ तामाङ
- सह-सचिवहरू: मिलन चुडाल, ससी याक्थुङमा काङवा
- कोषाध्यक्ष: रमेश कार्की
- सह-कोषाध्यक्ष: मदन आचार्य
- सदस्यहरू: मनोज गोले तामाङ, विज्ञान नेपाल, जानुका चापागाईं, निलु थपलिया, विश्व खरेल, विशेष डाँगी, राजीव कठेत, दिपेन श्रेष्ठ, जनक न्यौपाने, तिलविक्रम योङहाङ, सुस्ता मेन्याङ्गबो, संगीता कडरिया, मदन भट्टराई, हेमराज बिष्ट, कला निरौला अधिकारी, धर्म बराल, शर्मिला सिटौला शिवाकोटी, कमला देवी शिवाकोटी, दिपेन्द्र के.सी., खगेन्द्र प्रसाद खरेल, र चन्द्रकुमार खड्का।
नवनिर्वाचित कार्यसमितिले झापाली समाज इजरायललाई थप सशक्त र संगठित बनाउन विभिन्न योजनाहरू अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।
नेपाल इजरायल.कम 
नेपाल इजरायल डट कम इजरायलस्थित नेपाली समुदायको आवाज हो । हामी केवल सन्देश र समाचारमात्र प्रवाह गर्दैनौँ, परदेशी भूमिमा बिताएका जीवनका संघर्ष र कथाहरू लेख्छौं । नेपालीका भोगाई, अनुभव तथा गतिविधिहरू प्रकाशन गर्छौं । इजरायलमा नेपाली समुदायको योगदानलाई कदर गर्दै यथासम्भव इजरायल प्रवासमा भएका नेपाली गतिविधि र क्रियाकलापहरुको दस्तावेज राख्ने यत्न गर्छौं ।
इजरायलमा रहेको नेपाली समुदायलाई जीवन्त बनाउने र तिनका कर्महरुलाई इन्टरनेटमा सधैंका लागि अभिलेखिकरण गर्ने हाम्रो ध्येय हो । ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com