झापाली समाज इजरायलले नयाँ बर्ष २०८२ को अवसरमा इजरायलमा एक वृहद सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।
नयाँ बर्ष २०८२ सांगीतिक साँझ नाम दिइएको उक्त कार्यक्रममा नेपालका बहुत चर्चित गायक पुष्पन प्रधान र पारस तामाङका साथै गायिका समीक्षा अधिकारीका साथै अन्य थुप्रै स्थानीय कलाकारको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
सो सांस्कृतिक कार्यक्रम २५ अप्रिल २०२५ शुक्रबार इजरायलको तेल अभिभस्थित हाहगना हलमा आयोजना हुन गइरहेको जानकारी संस्थाले फेसबुकमार्फत एक पोस्ट सार्वजनिक गरी गराएको छ ।
साँझ ८ बजेबाट सुरु हुने सो सांस्कृतिक कार्यक्रमको लागि प्रवेश शुल्क १८० तोकिएको छ भने दर्शकहरूको सुविधाको लागि तेल अभिभ लेविन्स्की पार्कदेखि कार्यक्रम हल सम्म यातायातको व्यवस्था गरिएको छ ।
नयाँ बर्ष सांगीतिक साँझ २०८२ मा सहभागी भइदिन संस्थाले इजरायलमा कार्यरत सम्पूर्ण नेपाली भाषी दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक निमन्त्रणा गरिएको छ ।
मिति:- २५ अप्रिल २०२५ शुक्रबार
समय:- ८:०० बजे
स्थान:- HAGANA 135, Tel Aviv
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com