नेपाल इजरायल डट कम, जेरुसेलम । नेवाःखल इजरायलको आयोजनामा इजरायलको तेल अभिभमा नेवारी भोज उत्सव हुने भएको छ । नेवा: फुड फेस्टिवल नाम दिइएको सो कार्यक्रम आगामी महिनाको सेप्टेम्बर १३ तारिखका दिन आयोजना हुन गैरहेको हो ।
विविध साँस्कृतिक गतिविधि मार्फत नेवारी भाषा संस्कृतिको जगेर्नामा तल्लिन नेवाःखल इजरायलले नेवारी खानाको संस्कृतिलाई बचाउनका लागि यस्तो प्रकृतिको फुड फेस्टिवलको आयोजना गरिएको आयोजक संस्था नेवाःखल इजरायलले जानकारी दिएको छ ।
इजरायलमा पहिलो पटक सन् २०१० नेवा खल इजरायलको गठन भएको थियो । इजरायल प्रवासमा नेवारी समुदायको मौलिक भाषा, लिपि, धर्म, संस्कार-संस्कृति,भेष-भुषा,चाड-पर्व साथै नेवारी पहिचानको संरक्षण र सम्बर्द्धनको निमित्त नेवा: खल इजरायल प्रतिबद्ध संस्था हो ।
नेवारी कला र संस्कृति अंतर्गतका बिभिन्न चाडपर्व र उत्सवहरु सक्रियतापूर्वक मनाउदै आएको यो संस्थाले नेवारी खानाका परिकारलाई फुड कल्चरका रुपमा विकसित गर्न तथा परम्परादेखि चलिआएको नेवारी फुड कल्चरका बारेमा इजरायलमा रहेका नेपालीहरुलाई समेत जानकारीका लागि कार्यक्रम सहायक हुने उदेश्य राखेको छ ।
नेवा: खल इजरायलका अनुसार संस्थाको कोष अभिवृद्धिका साथै नेवारी संस्कृतिको जगेर्नाको लागि स्वादिष्ट नेवारी परिकार पस्किइने कार्यक्रम “नेवा: फुड फेस्टिवल” आयोजना गर्न लागिएको हो ।
सो उत्सवमा सहभागी भएर नेवा: परिकारहरूको स्वाद लिन साथै नेवा: संस्कृति र परम्पराको पनि जानकारी लिन आयोजक संस्थाले इजरायलमा कार्यरत नेपाली समुदायलाई अनुरोध गरेको छ ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com