वैदेशिक रोजगार विभागले विभागको वेबसाइटमा एक सुचना प्रकाशित गरी इजरायलमा केयर गिभरमा जान आवेदन दिएकाहरुमध्ये गोलाप्रथाबाट छनोटमा परेका उम्मेदवारहरुको नामावली प्रकाशित गरेको छ ।
सुचनामा भनिएको छ – नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौता अनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा पठाउने नेपाली सहायक कामदार छनौटका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौँको मिति २०८१/०३/११ मा प्रकाशित सूचना अनुसार तोकिएको समयभित्र अनलाइन दरखास्त पेश गरेका उम्मेदवारहरु मध्ये दरखास्त स्वीकृत भई इजरायल पक्षबाट संचालन गरिने Random selection (lottery) का लागि पठाइएकोमा मिति २०८१/०६/१३ तदनुसार September 29, 2024, समय दिउँसो ४:२१ बजे) महिला ११५६. पुरुष ९५६ गरी कूल २११२ उम्मेदवारहरु lottery बाट छनौट भएको भनी PIBA को इमेल मार्फत् आधिकारिक जानकारी प्राप्त भएकाले देहाय बमोजिमको पासपोर्ट नम्बर, नाम, थर, रजिष्ट्रेशन नम्बर र रन नम्बर भएको नतिजा सार्वजनिक गर्ने छनौट समितिको मिति २०८१/०६/१४ निर्णय बमोजिम सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
स्वास्थ्य परीक्षण (Medical Test) लगायतका अन्य थप विषयमा विभागको वेबसाइट मार्फत् पछि जानकारी गराइनेछ ।
नेपाल सरकार र इजरायल सरकारबीच २०७६ असोज १४ गते सम्पन्न श्रम सम्झौताअनुसार इजरायलका दीर्घकालीन केयरगिभरका लागि नेपाली सहायक कामदार पठाउन लागेको हो ।
इजरायलमा आर्कषक कमाई हुने कारण नेपाली युवाहरु आर्कषित भएको पाईन्छ। इजरायल रोजगारमा जानेहरुले एक वर्षको करार अवधिको लागि जाने भएपनि ५ वर्षसम्म भिसा थप गरेर काम गर्न सक्छन् ।
नेपाल सरकार र इजरायल सरकारबीच २०७६ असोज १४ गते सम्पन्न श्रम सम्झौताअनुसार इजरायलका दीर्घकालीन केयरगिभरका लागि नेपाली सहायक कामदार पठाउन लागेको हो ।
इजरायलको केयरगिभरका लागि चार हजार २४ जनाको आवेदन परेको थियो । जसमा दुई हजार २०९ पुरुष र एक हजार ८१५ महिला थिए । आवेदनमध्ये विभागले तीन हजार ४६१ को स्वीकृत गरेको थियो । जसमा एक हजार ८६३ पुरुष र एक हजार ५९८ महिला थिए । विभागले ३२१ वटा (१९७ पुरुष र १२४ महिला) को आवेदन अस्वीकृत गरेको थियो ।
कागजात नपुगेका २४२ (१४९ पुरुष, ९३ महिला) को आवेदन अस्वीकृत भएको थियो । विभागले तीन हजार ४६१ (एक हजार ८६३ पुरुष, एक हजार ५९८ महिला) को आवेदन नेमचेकका लागि इजरायल पठाएको थियो ।
शुरुमा इजरायलले ५०० मुख्य उम्मेदवार र ३०० वैकल्पिक उम्मेदवारको माग गरेको थियो । पछि यो संख्या थपेर २००० पुर्याएको थियो । केयरगिभरका लागि मासिक तलब पाँच हजार ८८० इजरायली मुद्रा (करिब दुई लाख रुपैयाँ) रहेको विभागले जनाएको छ ।
इजरायली सरकारको नियमानुसार ओभर टाइमको सुविधा हुनेछ भने कामदारले प्रत्येक हप्ता ६ दिन काम गर्नुपर्नेछ । प्रति हप्ता ४२ घण्टा काम गर्नुपर्नेछ । करार अवधि एक वर्षको हुनेछ ।
खाना कामदार आफैले व्यहोर्नु पर्नेछ भने बस्ने व्यवस्था रोजगारदाताले गर्नेछ भने तर, त्यसको खर्च कामदार आफैले गर्नुपर्नेछ । करार अवधि अधिकतम पाँच वर्षसम्म थप गर्न सकिनेछ ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com