नेकपा एमाले निकट प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी इजरायलले नेपाली नारीहरूको महान् पर्व हरितालिका तीज विशेष कार्यक्रम मनाएको छ । शनिवार इजरायलको आधुनिक सहर तेलअभिव स्थित सुक हाकार्मेल याफो पार्कमा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा तिजको शुभकामना आदान प्रदान, दर खानुका साथै विविध सांस्कृतिक कार्यक्रम गरिएको थियो ।
प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी इजरायलको स्थापना १० मे २०१६ मा भएको भएको हो । यस कमिटीले स्थापना काल देखी इजरायलमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सङ्गठित गर्ने, प्रवासमा आई पर्ने समस्याहरूको समाधानको लागि पैरवी र पहल गर्ने, विभिन्न किसिमका सामाजिक, आर्थिक, रचनात्मक तथा सङ्गठनात्मक क्रियाकलापहरू गर्दै आएको मञ्चका सचिव रमेश जोशीले जानकारी दिनुभयो । साथै कार्यक्रममा नयाँ सदस्यहरूलाई पनि स्वागत तथा सम्मान गरिएको थियो ।
प्रवासी नेपाली मञ्च इजरायलका अध्यक्ष गीता सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटी श्रम तथा रोजगार विभागका सदस्य एवं प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी इजरायलका सल्लाहकार परिषद्का अध्यक्ष गोविन्द राजथलाको प्रमुख आतिथ्यता रहेको थियो ।
अन्तर्राष्ट्रिय कमिटी बुद्धिजीवी विभागका सदस्य अना तिमिल्सिना र गैह्र आवासीय नेपाली सङ्घ इजरायलका पूर्व अध्यक्ष गणेश गिरीको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा विभिन्न सामाजिक सङ्घ—सङ्गठनका प्रमुख तथा प्रतिनिधिहरू ,समाजसेवी ,पत्रकार साथै इजरायलको विभिन्न क्षेत्रमा रहेका नेपालीहरूको सहभागिता रहेको थियो ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com