काठमाडौं। सरकारले स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८१ अनुसार ऋण उपलब्ध गराउन १,३१४ कम्पनीहरूको प्रारम्भिक सूची सार्वजनिक गरेको छ। यो सूची उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले सार्वजनिक गरेको हो। सरकारले तीन प्रतिशत ब्याजदरमा २५ लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउनेछ। यस कर्जा सुविधाका लागि अनलाइन र भौतिक माध्यमबाट ५,१५८ कम्पनीहरूले आवेदन दिएका थिए र तीमध्ये १,३१४ कम्पनी छनोटमा परेका छन्।
प्रारम्भिक छनोट सूचीमा परेका कम्पनीलाई पुस २८ गतेदेखि प्रस्तुतीकरणका लागि बोलाइनेछ। प्रस्तुतीकरणपछि थप बैंकिङ प्रक्रिया र अनुगमनमार्फत योग्य कम्पनी र फर्मलाई सहुलियतपूर्ण कर्जा प्राप्त हुनेछ।
प्रारम्भिक सूचीमा परेका १३१४ स्टार्टअप कम्पनीहरु
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com