इजरायलका लागि पूर्व राजदूत कान्ता रिजालकी सहयोगी पक्राउ परेपछि ठुलो समाचार बनेको थियो । उनी गत डिसेम्बर २४ मा पूर्व राजदूत कान्ता रिजालको निवासमा घरेलु सहयोगीको रूपमा नेपालबाट काम गर्न गएकी थिइन् , पूर्व राजदूत नेपाल फर्कने समयमा उनी पनि सँगै फर्कनु पर्ने थियो तर एक घण्टा अगाडी नै उनी भागेको खबर आएको थियो ।
म इजरायलका लागि पूर्व राजदूत कान्ता रिजालको घरेलु सहयोगीका रूपमा इजरायल गएकी थिए । तत्कालीन पूर्व प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारले इजरायल लगायत अन्य विभिन्न देशहरूका राजदूत फिर्ता बोलाउँदा म इजरायल पुगेको भर्खर आठ महिना मात्रै भएको थियो । इजरायलमा मेरो चिनजानका साथीहरू पनि काम गर्दै आएका थिए, उनीहरूको आम्दानी राम्रो थियो ।
विभिन्न सञ्चार मध्यममा उनले बताए अनुसार उनी एक दीर्घकालीन स्याहार केन्द्र (बेतावोत) मा केयरगिभरको रूपमा काम गर्न थालेकी थिइन् । काम गरेर बाहिरिने क्रममा अध्यागमनका प्रहरीद्वारा गत बिहीबार उनी बस स्टेसन बाटै पक्राउ परेकी थिइन् ।
‘तेल अभिभमा रहेको राजदूत निवास छाडेर म जेरुसेलममा गएकी थिएँ । सम्पर्कमा रहेका साथीले त्यहाँ बेताबोतको काममा लगाइदिए । त्यहाँ मैले लगभग एक महिना काम गरेँ । त्यसबापत १ लाख ७५ हजार रुपैयाँ तलब पाएकी थिएँ,’ उनले भनिन्, ‘ड्युटी सकेर अपार्टमेन्ट फर्किने क्रममा प्रहरीले मलाई बाटोबाट पक्राउ गरेको हो ।’
अध्यागमनले आफूले डिपोर्टटेसन सेन्टरमा ९ दिन राखेको उनले बताइन् । ‘त्यो एउटा होटेलजस्तै लाग्यो,’ उनले भनिन्, ‘स्वास्थ्य उपचारको सुविधा थियो । बिहान साढे ५ बजे नै डाक्टरसहित प्रहरी आउँथे ।’
नेपाल डिपोर्ट हुने बेला भने उनको नेपाली राजदूतावास इजरायलका अधिकारीहरू कसैसँग भेट भएको थिएन ।
यो पनि पढ्नुहोस
इजरायलकी पूर्व राजदूत कान्ता रिजालकी सहयोगी तखानाबाटै पक्राउ
केयर गिभरको सर्टिफिकेट बेचेर देशको बेइज्जत भयो भन्दै
उनको राहदानी पहिले नै पूर्व राजदूत कान्ता रिजालले नेपाल लगेर हराएको जानकारी सहित परराष्ट्रमा बुझाइदिएकी थिइन यसर्थ नेपाल फर्कनका लागि उनलाई नेपाली दूतावासले ट्राभल डकुमेन्ट जारी गरिदिएको थियो ।
उनका अनुसार अदालतले उनलाई कम्तीमा ५ वर्षसम्म इजरायल आउन नपाउने गरी डिपोर्ट गरिदिएको छ ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com