इजरायलका लागि नेपालकी पूर्व राजदूत कान्ता रिजालले सहयोगीका रूपमा इजरायल ल्याइएकी सहयोगीलाई इजरायली प्रहरीले पक्राउ गरेको छ ।
उनलाई काम गर्ने स्थानबाट अपार्ट जाने क्रममा बस स्टेसनबाटै अध्यागमन प्रहरी द्वारा पक्राउ गरिएको हो । कार्यकाल सकेर नेपाल फर्कने बेलामा दुई जना सहयोगी मध्ये एकजना एकाएक एयरपोर्टबाट नै भागेपछि उनको पासपोर्ट, टिकट र कागजपत्र यस अघि नै पूर्व राजदूत रिजालले घरेलु कामदार भागेको जानकारी दिँदै परराष्ट्र मन्त्रालयमा बुझाइदिएकी थिइन् ।
तेलअबिवस्थित नेपाली दूतावासले ती घरेलु सहयोगीलाई स्वदेश पठाउनको लागि जारी गरिएको ट्राभल डकुमेन्ट प्रहरीलाई दिइएको छ । उनलाई स्वदेश पठाउन डिपोर्टेसन सेन्टरमा राखिएको छ । इजरायलको मिनिस्ट्री अफ इन्टेरियरका अनुसार उनलाई ३० दिनभित्र डिपोर्ट गरिनेछ ।
नेपाली दूतावासका कार्यवाहक राजदूतका अनुसार उनलाई उनलाई छिटोभन्दा छिटो डिपोर्ट गर्ने तयारी भइरहेको छ, यद्यपि नेपाल पठाउने मिति भने निश्चित भइसकेको छैन ।
ती सहयोगी तत्कालीन राजदूत कान्ता रिजालको निवासमा घरेलु कामदारका रूपमा काम गर्न सात महिनाअगाडि इजरायल गएकी थिइन् । पूर्ववत् प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले राजनीतिक कोटामा नियुक्त भएका राजदूतहरूलाई फिर्ता बोलाउने क्रममा अन्य विभिन्न ११ देशका राजदूत सहित इजरायलका लागि तत्कालीन राजदूत कान्ता रिजाललाई पनि फिर्ता बोलाइएको थियो ।
यो पनि पढ्नुहोस
इजरायलमा सहयोगी लुकेपछि राजदूत सिफारिसमा ट्वीस्ट
पूर्व राजदूत रिजालले आफू फर्किने दिन विमानस्थल जानु केही घण्टा अगाडि मात्रै घरेलु श्रमिक अचानक भागेको जानकारी दिइन । रिजाललाई केपी ओलीको सरकारले अस्ट्रेलियाको लागि राजदूतमा पुनः सिफारिस गरेको थियो । तर घरेलु श्रमिक छाडेको आरोप लागेपछि परराष्ट्र मन्त्रालयले संसदीय सुनुवाइ समितिमा सुनुवाइको लागि उनको नाम नै पठाएको थिएन ।
परराष्ट्रले आइतबार अस्ट्रेलियाको लागि नेपाली राजदूतमा पूर्व उपसभामुख रहेकी काँग्रेस नेतृ चित्रलेखा यादवलाई सिफारिस गरिसकेको छ ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com
1 Comment
Pingback: म इजरायल किन लुकेर बसेँ ? - नेपाल इजरायल डट कम (nepalisrael.com)