तेलअभिव, इजरायल – नेपाल तामाङ घेदुङ, इजरायलले इजरायलको तेल अभिभमा नेपाली समुदायका लागि विशेष सांस्कृतिक उत्सव “सोनाम ल्होछार सांस्कृतिक साँझ २०२५” नामक भव्य कार्यक्रमको आयोजना गर्न गइरहेको छ ।
“तामाङ भाषा, भेषभुषा, धर्म, कला, लिपि, संस्कार र संस्कृतिको प्रवर्द्धन र संरक्षण गरौं, ताम्सालिङ प्राप्तिको लागि एक जुट होऔं” भन्ने मूल नाराका साथ यो कार्यक्रम बौद्ध धर्मावलम्बीहरूको मौलिक, पौराणिक, धार्मिक, र सांस्कृतिक पर्व मञ्जुश्री संवत् २८६१ डुल ल्हो / सा पुख्रि ल्हो (सर्प वर्ग) सोनाम ल्होछारको अवसरमा आयोजना गरिएको हो ।
कार्यक्रममा बौद्ध धर्मको विधिवत् पूजा, स्थानीय कलाकारहरूको सशक्त साङ्गीतिक प्रस्तुति, र तामाङ समुदायका मौलिक परिकारसहितको रात्रि भोज हुनेछ। यो सांस्कृतिक साँझले इजरायलमा रहेका सम्पूर्ण नेपाली र नेपाली भाषी समुदायलाई निमन्त्रणा गर्दै तामाङ जाति विशेषको धर्म, संस्कृति र परम्परा मार्फत नेपाली समाजलाई एकतामा बाँध्ने उद्देश्य लिएको छ।
नेपाल तामाङ घेदुङ, इजरायल परिवारले तामाङ समुदायका साथै इजरायलमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनी, सामाजिक संस्थाका पदाधिकारी, सञ्चारकर्मीहरूलाई यस विशेष अवसरमा सहभागी भई कार्यक्रमको शोभा बढाइदिन हार्दिक निमन्त्रणा गरेको छ।
संस्थाकी महासचिव रञ्जना ग्याबक तामाङले एक सूचना प्रकाशित गरी कार्यक्रम आयोजना हुने मिति, समय र स्थान यस प्रकार रहेको जानकारी दिनु भएको छ ।
———————————————
मिति : १४ फेब्रुअरी २०२५, शुक्रबार
समय : साँझ ७:०० बजे
स्थान :- YAD HARUTSIM STREET-15, EVE HALL
याद्खारुचिम-१५ तेलअभिव, इजरायल ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com