नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com
गाजामा इजरायलले मानवीय नरसंहार गरेको भन्दै अन्तर्राष्ट्रिय अदालतमा अफ्रिकाले मुद्दा हालेपछि बैमन्यस्ता बढेको हो ।
सोही बिषयलाई लिएर इजरायलले दक्षिण अफ्रिका ‘शैतानको पक्षमा खेलिरहेको’ भन्ने प्रतिक्रिया दिएको छ ।
इजरायली सरकारका प्रवक्ता एलोन लेवीले इजरायलको विरुद्धमा अन्तर्राष्ट्रिय अदालतमा औपचारिक नरसंहारको आवेदन ल्याउने दक्षिण अफ्रिकाको निर्णयको आलोचना गरेका छन् । अफ्रिकाको सो कार्यलाइ ५७ सदस्यीय इस्लामिक सहयोग संगठनले समर्थन गरेको छ ।
अफ्रिकाको सो प्रयासका बारेमा लेवीले एक छोटो पत्रकार सम्मेलनमा भने- ‘हमास यहूदीहरूको नरसंहारमा नरकमा झुण्डिएको छ र त्यस कारणका लागि आफ्नै नागरिकहरूको बलिदान दिइरहेको छ ।’
उनले अगाडि भने- ‘इजरायल दक्षिण अफ्रिकाजस्तो शैतानको पक्षमा वकालत गर्ने र अक्टोबर ७ मा भएको नरसंहारका दोषीहरूसँग आपराधिक रूपमा संलग्न हुने निर्णयको कडा निन्दा गर्दछ ।’
केही भन्नु छ भने 💬