नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com
नेपाल इजरायल डट कम ::
- एनआरएनए इजरायलको वक्तृत्वकला प्रतियोगितामा क्यानडाकी रोचना घिमिरे प्रथम
- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको प्रमुख आतिथ्यमा एनआरएनए इजरायलको अन्तर्राष्ट्रिय वक्तृत्वकला प्रतियोगिता, यी हुन ३० प्रतिस्पर्धी
- राजदूत धनप्रसाद पण्डितले विपीन जोशीको स्थितिबारे इजरायली अधिकारीहरूसँग जानकारी लिए
- गाजा युद्धविराम प्रस्तावलाई हमासको स्वागत, इजरायलको अस्वीकार
- विपिन जोशी जीवित छन् : इजरायली राजदूतावास
- ट्रम्पको हमासलाई कडा चेतावनी : म राष्ट्रपति बन्नु अघि नै बन्धक रिहा गर, नत्र गम्भीर परिणाम भोग्नुपर्ला
- हमास र फतहबीच गाजाको युद्धपछिको व्यवस्थापन कसले गर्ने भन्नेबारे सम्झौता नजिक
- जति जति दिनहरु बित्दै जान्छ, त्यति नै मनभित्र पीडा र अन्योलता बढ्छ – एक बन्धकको मार्मिक भिडियो सन्देश
गाजापट्टी, १९ चैत । गाजामा हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले इजरायली सेनाले गाजाको मुख्य अल–शिफा अस्पतालबाट फिर्ता भएको जनाएको छ । अस्पताल परिसरमा तैनाथ इजरायली ट्याङ्क र अन्य सैनिक सवारीसाधन इजरायली सेनाले हटाएको छ ।
इजरायली सेनाले अस्पताल परिसरमा गरेको कारबाहीमा दर्जनौं व्यक्ति मारिएसँगै अस्पताल परिसर परित्याग गरेको स्वास्थ्य मन्त्रालयको भनाई छ । यद्यपी इजरायली सेनाले अस्पताल छाडेको हो वा होइन भन्ने पुष्टि गरिसकेको छैन ।
प्रत्यक्षदर्शीको भनाईमा अस्पताल परिसरमा इजरायली सेनाले दर्जनौं हवाई हमला गरेको थियो । हमास सरकारद्वारा संचालित संचार इकाईले आफ्ना सैनिक बन्दोबस्तीका सामान हटाउन इजरायली सेनाले बमबारी गरेको हुनसक्ने बताएको छ ।
हमासको मुख्य अखडा रहेको विश्वासमा अल–शिफा अस्पताललाई नियन्त्रणमा लिन इजरायलले गत मार्च १८ मा अस्पतालभित्रै सैन्य कारबाही चलाएको थियो । यसक्रममा सेनाले अल–शिफा अस्पतालको परिसरमा २०० भन्दा बढी हमास लडाकू मारिएको दाबी गरेको थियो ।
इजरायली सेनाले अस्पतालबाट हमास र इस्लामिक जिहादका लडाकूका हातहतियार र रकम बरामद गरेको दाबी गरेको थियो । हमासले अल–शिफा र अन्य स्वास्थ्य संस्थाहरुमा आफ्ना लडाकू नरहेको बताउँदै आएको थियो ।
हमासको स्वास्थ्य मन्त्रालयले जारी गरेको एक विज्ञप्तिमा अल–शिफा अस्पताल परिसरबाट दर्जनौं व्यक्तिका सडेका शवहरु बरामद गरिएको जनाएको छ । मन्त्रालयले इजरायली सेनाले अस्पताल छाड्नुअघि अस्पतालका मुख्य संरचनामा आगो लगाइदिएको र ती भवनबाट स्वास्थ्य सेवा प्रदान गर्न तत्काल सम्भव नहुने पनि बताएको छ ।
एक जना चिकित्सकले २० जनाभन्दा बढी व्यक्तिका शव भेटिएको तर तिनीहरुलाई इजरायली ट्याङ्कले कुल्चेका कारण चिन्न नसकिने अवस्थामा रहेको बताएका छन् ।
इजरायली सेनाले अल–शिफा अस्पताल कब्जामा लिनुअघि हजारौं सर्वसाधारणले त्यहाँ आश्रय लिएका थिए । इजरायली सेनाले सुरुमा गत नोभेम्बर महिनामा अस्पतालमा छापा मारेको थियो ।
यसैबीच, इजरायलले सोमबार बिहानै गाजाका अन्य स्थानहरुमा पनि घातक हवाई हमला गरेको छ । गाजाका कैयौं स्थानमा हमास र इजरायली सैनिकबीच भिडन्तहरु भइरहेका छन् ।
हमासको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो हवाई हमलामा परेर कम्तीमा ६० जनाको मृत्यु भइसकेको छ । रासस
केही भन्नु छ भने 💬
यो पनि पढ्नुहोस
Add A Comment
( यस ब्लगमा प्रकाशित लेख रचनामा अभिव्यक्त विचार तथा धारणा सम्बन्धित लेखकका निजी हुन् । )
NepaliIsrael.com is your premier online destination for the latest news and updates on the vibrant Nepalese community thriving in Israel.
Our portal serves as a bridge between two diverse cultures, offering a comprehensive insight into the lives, experiences, and contributions of Nepalese individuals making Israel their home.
Whether you're interested in immigration policies, cultural exchanges, or human interest stories, our portal provides a platform for voices often underrepresented in mainstream media.
Editor : Krishna Thapa
Email Us:
info@nepalisrael.com
kanxeY@krishnathapa.com
©️ सर्वाधिकार नेपाल इजरायल डट कममा सुरक्षित
वेव डिजाइन / कला ❤️ :
वेव डिजाइन / कला ❤️ :