नेपालस्थित इजरायली राजदूत श्मुलिक आरी बासले राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग सोमबार सिंहदरबारमा शिष्टाचार भेट गरे। भेटमा नेपाल–इजरायल कूटनीतिक सम्बन्ध, आपसी सहकार्य, र नेपाली कामदारका अवसरबारे छलफल भयो।
अध्यक्ष दाहालले दुई देशबीचको सम्बन्ध मजबुत रहेको उल्लेख गर्दै इजरायलको लर्न एण्ड अर्न कार्यक्रम नेपालीहरूका लागि प्रभावकारी भएको बताए। उनले हमासद्वारा अपहरित नेपाली विद्यार्थी विपिन जोशीको छिटो रिहाइका लागि पहल गर्न आग्रह गरे।
राजदूत श्मुलिकले विपिनको परिवारसँग भेट गरेको जानकारी दिँदै इजरायल अहिले शान्त रहेको र कृषि, पर्यटन, स्वास्थ्य तथा निर्माण क्षेत्रमा नेपाली कामदारलाई अवसर दिन इच्छुक रहेको बताए।
भेटमा सभामुख घिमिरेले इजरायली राजदूतलाई कार्यकालको सफलताको शुभकामना दिँदै उनको कार्यकालमा नेपाल–इजरायल सम्बन्ध थप मजबुत हुने विश्वास व्यक्त गरे । सभामुख घिमिरेले हमासको नियन्त्रणमा रहेको भनिएका नेपाली विद्यार्थी विपिन जोशीलाई पहिलो प्राथमिकतामा राखेर रिहाइका लागि पहल गर्न ध्यानाकर्षण गराए । ‘महामहिममार्फत विपिनलाई पहिलो प्राथमिकतामा राखेर रिहाइ गर्न वा स्थितिबारे सार्वजनिक गर्न ध्यानाकर्षण गराउँदछु,’ सभामुखले भने ।
सभामुखले नेपाल र इजरायलबीच सन् १९६० मा स्थापना भएको द्विपक्षीय सम्बन्ध मित्रता, समझदारी र सहयोगमा आधारित रहेको उल्लेख गर्दै इजरायलले नेपाललाई छात्रवृत्ति, कृषि, श्रम र सुरक्षाका क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गरे । नेपाल र इजरायलबीचको कृषि तथा श्रम क्षेत्रमा सहकार्यबारे छलफल गर्दै सभामुख घिमिरेले ‘अर्न एन्ड लर्न’ कृषि तालिम कार्यक्रमबाट नेपाली विद्यार्थीहरू लाभान्वित भएको बताए । सभामुख घिमिरेले नेपाल शान्तिप्रेमी राष्ट्र भएको उल्लेख गर्दै मध्यपूर्वमा स्थिरता र शान्तिको पक्षमा नेपाल रहेको पनि बताए ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com