इजरायलको जनसंख्या तथा आप्रवासन प्राधिकरण (PIBA) ले हालको जटिल सुरक्षा परिस्थितिलाई ध्यानमा राख्दै घरमै हेरचाह सेवा प्रदान गर्ने विदेशी श्रमिकहरू (केयरगिभर)को निष्कासन कार्यान्वयनको समयावधि स्थगन गरेर ३० अप्रिल २०२५ सम्मका लागि थप लम्ब्याउने निर्णय गरेको छ।
PIBA का अनुसार, विशेष भिसा आवेदन अस्वीकृत भएका केयरगिभरलाई ३१ जनवरी २०२५ सम्म पक्राउ वा निष्कासन गरिने भनिएकोमा सो अवधि पुन थप गरिएको हो । यस्ता हेरचाहकर्ताहरूले अघिल्लो झैं इन्स्योरेन्स कम्पनी (Bituach Agency) बाट कामदारको लागि प्राप्त हुने तलब पाउन सक्नेछन्, यद्यपि उनीहरूले भिसा प्राप्त गर्न भने सक्ने छैनन् ।
निष्कासन रोक्का रहने सर्तहरू:
विशेष (मानवीय) भिसा आवेदन: कुनै पनि विदेशी केयरगिभरले इजरायल सरकारले विदेशी हेरचाहकर्ता राख्न अनुमति दिएको इम्प्लोयरका लागि विशेष भिसा आवेदन दिइएकोमा उक्त आवेदन ०७/१०/२०२३ देखि ३०/०४/२०२५ भित्र अस्वीकृत भएको हुनुपर्ने ।
सम्बन्धित इम्प्लोयरसँग निरन्तर रोजगारी: हेरचाहकर्ता अझै पनि सोही इम्प्लोयरका लागि लाइभ-इन केयरगिभर (Live-in Caregiver) का रूपमा कार्यरत हुनुपर्ने।
इजरायलमा बसोबास अवधि: केयरगिभरले विशेष भिसाको लागि आवेदन दिएको समयमा इजरायलमा १३ वर्षभन्दा कम समय भएको हुनुपर्ने ।
यो निर्णय हालको अस्थिर सुरक्षा परिस्थितिमा विदेशी केयरगिभर हेरचाहकर्ताहरूलाई राहत प्रदान गर्न तथा उनीहरूको रोजगारी सुनिश्चित गर्न आएको हो । स्पेसल भिषाको लागि निवेदन दिएर रिजेक्ट भएका (भिषा प्राप्त गर्न नसकेका) केयरगिभर बाहेक अरुलाई यो लागु हुने छैन साथै हेरचाह गर्ने (केयरगिभर) बाहेक अन्य क्षेत्रका विदेशी कामदारका हकमा समेत यो नियम लागु हुनेछैन ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com