वैदेशिक रोजगार विभागले एक सूचना जारी गरेर इजरायलमा केयरगिभरका रुपमा जान इच्छुक योग्य नेपाली नागरिकहरुलाई दरखास्तको आव्हान गरेको छ । वैदेशिक रोजगार विभागले जारी गरेको उक्त सूचनाअनुसार कुल ८०० नेपाली कामदारको माग भएकोमा ५०० जना मुख्य उम्मेदवारका रूपमा रहने छन् । नेपाल र इजरायलबीच भएको सरकार-सरकारबीचको सम्झौता (जीटूटी) मार्फत् नयाँ कामदार पठाउने प्रक्रिया फेरि सुरु भएको हो।
नेपालले वर्षौँदेखि इजरायलमा केयरगिभरका रूपमा कामदारहरू पठाउँदै आएकोमा गत वर्षको प्यालेस्टिनी आतंकवादी समुह हमासले इजरायलमा आक्रमण गरेपछि इजरायल प्यालेस्टाइन बीच युद्धको स्थिति बनेको थियो र सोही समयदेखी देखि अवरुद्ध हुन पुगेको नयाँ नेपाली कामदारहरूलाई इजरायल पठाउने प्रक्रिया पुन: सुरु गरिएको नेपाली अधिकारीहरूले बताएका हुन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव एवं प्रवक्ता गोविन्दप्रसाद रिजालका अनुसार ‘स्याहार क्षेत्र’ अर्थात् ‘केयरगिभर’का रूपमा नेपालीहरूलाई पठाउन लागिएको हो । युद्धका कारण अवरोध हुनुअघि कोभिड महामारीका बेला पनि त्यस्ता कामदार पठाउने प्रक्रिया रोकिएको थियो।
विभिन्न कारणले नेपाल फर्केर पुन: श्रम स्वीकृति लिएर जानेहरूले पनि अनुमति पाएका थिए। तर ‘जीटूजी’अन्तर्गत नयाँ कामदारलाई इजरायल पठाइएको थिएन । यद्यपि यसबीचमा गत वर्ष नै भाषा तथा दक्षता लगायतका परीक्षणहरू पूरा गरेका केही नेपाली कामदारलाई सरकारले इजरायल जान अनुमति दिएको थियो ।
इजरायलमा युद्धको अवस्था सिर्जना भएपछि श्रम मन्त्रालयले इजरायलको लागि श्रम अनुमति दिन अस्वीकार गरेको थियो तर उक्त अवधिमा भारत श्रीलंका, थाइल्याण्ड अथवा दुबईको बाटो प्रयोग गरेर भिजिट भिषामा इजरायल प्रवेश गरेका केही नेपालीहरुले वैधानिक रुपमा नै कृषि क्षेत्रमा काम गर्ने अवसर पाएका थिए ।
(यो पनि पढ्नुहोस – थाहा नगरपालिकाका वडाध्यक्ष हेरमान गोपाली थाइल्याण्डको अवैध बाटो हुदै इजरायल पुगे )
वैदेशिक रोजगार विभागले उल्लेख गरे अनुसार दरखास्त दिने प्रक्रिया यसप्रकार छ :
(क) विभागको वेबपोर्टल ferms.dofe.gov.np मा उपलब्ध अनलाईन फाराम भर्नु पर्नेछ। (अनलाइन फाराम भर्ने प्रयोगकर्ता पुस्तिका मै उपलब्ध छ।)
(ख) अनलाइन प्रणाली (FERMS) मा दर्ता चिन्ह दरखास्त स्वीकृत / अस्वीकृत भए पछि आवेदकलाई प्रणालीमा दर्ता गरिएको मोवाइलबाट नम्बर ईमेलमा सूचना पठाइनेछ, अपुग कागजात अपलोड गर्न सिस्टम उम्मेदवारलाई जानकारी गराइनेछ प्रणाली अपलोड भानी जानकारी गराएका कागजात अपलोड नगरेमा दरखास्त स्वत:। अस्वीकृत हुनेछ।
(ग) उम्मेदवारले अङ्ग्रेजी भाषा परीक्षणको प्रमाण-पत्रिका ब्रिटिश काउन्सिल नेपालबाट लिइको फाउन्डेसन अंग्रेजी टेस्ट (FET) को कम्तिमा A2 स्तर को प्रमाण पत्र तोकिए बमोजिम अपलोड गर्नुपर्ने छ
(ब्रिटिश काउन्सिल ग्राहक सेवा नम्बर: +977-1-4237700, इमेल आईडी: nepalexams@britishcouncil.org.np, ठेगाना: लैनचौर, काठमाडौं, दर्ता फारम उपलब्ध छ।
FOUNDATION ENGLISH TEST
(घ) उम्मेदवारले पासपोर्ट र प्रहरी चारित्रिक प्रमाण पत्रको सक्कल प्रमाण पत्रको स्क्यान कपी फारम भर्दा अपलोड गर्नुपर्ने छ। फोटोकपी ग्री स्क्यान गरी अपलोड गरिएको कुनै पनि डकुमेन्ट्सलाई मान्यता दिइएको छैन ।
(ङ) अपलोड गरिएको तपाईंको कागजात / प्रमाण पत्र वैधानिकताको पुष्टि उत्तरदायितत्व उम्मेदवारको नै हुनेछ । गलत विवरण भरेमा सम्बन्धित उम्मेदवार नै कारवाहीको भागी हुनेछ ।
(च) दरखास्त स्वीकृत उम्मेदवारले उपलब्ध गराएको इमेल वा मोबाइल नम्बरमा जानकारी पठाइनेछ, साथै, विभागको वेबसाइट https://dofe.gov.np मा पनि प्रकाशित हुनेछ।
इजरायलको हेरचाह केन्द्रमा सहायक कामदारका लागि आवेदन पेश गर्ने सम्बन्धि अत्यावश्यक नियम तथा शर्त
१. आवेदकको उमेर २५ वर्ष पुरा भई ४५ वर्ष ननाघेको हुनुपर्ने छ ।
२. आवेदकको उचाई कम्तिमा १.५ मिटर र तौल कम्तिमा ४५ केजी हुनुपर्ने छ ।
३. आवेदकको शैक्षिक योग्यता कम्तीमा दश कक्षा उत्तीर्ण गरी अनमी वा सि.एम.ए सम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पुरा गरेको वा कक्षा १२ वा सो सरहको शैक्षिक योग्यता हासिल गरी नेपाल सरकारबाट मान्यता प्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभिङ्ग सम्बन्धी कम्तीमा ३ महिनाको तालिम प्राप्त गरेको हुनुपर्ने छ ।
४. प्रवेशाज्ञाको लागि प्रक्रिया प्रारम्भ गर्दाको मितिमा आवेदकको पासपोर्ट म्याद समाप्त हुँन कम्तिमा ३ वर्ष बाँकी रहनुपर्ने छ ।
५. आवेदक विगतमा इजरायल गई कार्य नगरेको हुनुपर्ने छ ।
६. आवेदकको बुवा, आमा, पति, पत्नी, छोरा वा छोरी इजरायलमा बसोबास नगरेको वा कार्यरत नरहेको हुनुपर्ने छ ।
७. आवेदक लागुपदार्थ वा मादक पदार्थ दुर्व्यसनमा नलागेको हुनुपर्ने छ ।
यो पनि पढ्नुहोस
इजरायलमा केयर गिभर फेरी खुल्यो, कसरि जाने ? यस्तो छ प्रक्रिया
इजरायलमा केयरगिभरका लागि अङ्ग्रेजी भाषामा ए२ लेभल पास गरेको हुनैपर्ने … केके छ अरु प्रावधान ?
इजरायलमा ८०० केयरगिभर माग, दुई लाख भन्दा बढी मासिक तलब
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com
2 Comments
Pingback: इजरायलमा ८०० केयरगिभर माग, दुई लाख भन्दा बढी मासिक तलब - NEPAL ISRAEL
Pingback: इजरायलमा केयरगिभरका लागि अङ्ग्रेजी भाषामा ए२ लेभल पास गरेको हुनैपर्ने ... केके छ अरु प्रावधान ? - NEPAL