नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com
नेपाल इजरायल डट कम ::
- इजरायल-हमास युद्धविराम पहिलो चरणमा कोको छुटदैछन : ३३ बन्धकहरुको नाम सार्वजनिक
- इजरायल र हमासबीच युद्धविराम, आइतबारदेखि १५ महिना लामो युद्ध अन्त्य
- राजदूत प्रा. धनप्रसाद पण्डितद्वारा इजराइलका राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र पेश
- विपिन जोशी लगायत अन्य बन्धकहरुको रिहाइको माग गर्दै प्रदर्शन, नेपाली राजदूतको विशेष पहल
- ‘विपिन भाइ सकुशल हुनुहुन्छ, फर्केर आउनु हुन्छ’: परराष्ट्र मन्त्री राणा
- विपिन जोशीको रिहाइका लागि सरकार सक्रिय, कतार र इजिप्टसँग पुनः आग्रह
- इजरायली दूतावासद्वारा हमास आक्रमणका पीडितको व्यक्तिगत सामग्री हस्तान्तरण
- हमास ३४ बन्धक रिहा गर्न तयार, विपिन जोशीको अवस्था के होला ?
हमासको आक्रमणपछि इजरायलमा अलपत्र परेका २५३ जना नेपाली विद्यार्थीहरूलाई गत शुक्रबार सरकारले उद्धार गरेर ल्यायो।
स्वदेश फर्किनेमा हमासको आक्रमणबाट घाइते भएका कैलालीको टीकापुर-९, झुंगाका धनबहादुर चौधरी पनि थिए।
असोज २० गते हमासले इजरालमाथि आक्रमण गर्दा १० जना नेपालीसहित सयौं मानिसको मृत्यु भयो। सोही आक्रमणमा धनबहादुर पनि घाइते भएका थिए।
हमासले प्रहार गरेको ग्रिनेडको छर्राले लाग्दा उनी घाइते भएका हुन्। छर्राका कारण उनको कम्मरमुनि घाउ भएको छ भने दुबै खुट्टामा छर्रा अड्किएका छन्।
‘घुँडा र कुर्कुचामा चोट लागेका कारण हिँड्न सक्दिनँ। यताउता गर्नलाई एकजनाको सहारा चाहिन्छ,’ धनबहादुरले सेतोपाटीसँग भने, ‘अब घाउहरू निको भएपछि छर्राहरू निकाल्नुपर्छ भनेर डाक्टरले भन्नुभएको छ। दुबै खुट्टा दुई-दुई वटा गरेर चार वटा छर्रा छन्।’
चोटकै कारण धनबहादुर नेपाल आइपुगे पनि आफ्नो घर टीकापुर जान पाएका छैनन्। सबै साथीहरू घर पुगेर परिवारलाई भेटेको देख्दा आफूलाई पनि कतिबेला घर पुगेर बुवाआमालाई अंकमाल गरौं झैं भएको सुनाउँदै उनी भन्छन्, ‘यो घटनापछि बुवाआमाले केही गर्न सक्नुभएको छैन। बुवा स्कुलमा पढाउनुहुन्छ तर यो घटनाले गर्दा स्कुल जानु सक्नुभएन रे। पछि मैले आफू ठीक छु भनेपछि एक दिन जानुभयो रे तर एक घन्टा पनि बस्न सक्नुभएन रे।’
सुदूरपश्चिम विश्वविद्यालयमा कृषि विज्ञान अध्ययनरत धनबहादुर विश्वविद्यालयको कार्यक्रमअन्तर्गत नै गत महिना आफ्ना साथीहरूसँगै इजरायल पुगेका थिए।
केही भन्नु छ भने 💬
यो पनि पढ्नुहोस
Add A Comment
( यस ब्लगमा प्रकाशित लेख रचनामा अभिव्यक्त विचार तथा धारणा सम्बन्धित लेखकका निजी हुन् । )
NepaliIsrael.com is your premier online destination for the latest news and updates on the vibrant Nepalese community thriving in Israel.
Our portal serves as a bridge between two diverse cultures, offering a comprehensive insight into the lives, experiences, and contributions of Nepalese individuals making Israel their home.
Whether you're interested in immigration policies, cultural exchanges, or human interest stories, our portal provides a platform for voices often underrepresented in mainstream media.
Editor : Krishna Thapa
Email Us:
info@nepalisrael.com
kanxeY@krishnathapa.com
©️ सर्वाधिकार नेपाल इजरायल डट कममा सुरक्षित
वेव डिजाइन / कला ❤️ :
वेव डिजाइन / कला ❤️ :