इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालत (ICC) द्वारा जारी गिरफ्तारी आदेशको कडा शब्दमा विरोध गर्दै एक भिडियो सन्देश जारी गरेका छन्।
भिडियोमा नेतान्याहूले अदालतको निर्णयलाई यहूदी विरोधी र पक्षपाती भएको भन्दै आधुनिक ड्रेफसको मुद्दाको रूपमा तुलना गरेका छन्।
उनका भिडियो सन्देशका शव्दहरुको भावानुवाद –
“हेगमा रहेको अन्तर्राष्ट्रिय अदालतको यो यहूदी विरोधी निर्णय आधुनिक ड्रेफसको मुद्दा हो, जसको अन्त्य उस्तै हुनेछ।
एक सय तीस वर्षअघि, फ्रान्सेली यहूदी अधिकृत अल्फ्रेड ड्रेफसलाई पक्षपाती फ्रान्सेली अदालतद्वारा झूटो रूपमा देशद्रोहको आरोप लगाइएको थियो।
यी झूटा आरोपहरूको प्रतिक्रिया स्वरूप महान फ्रान्सेली लेखक एमिल जोलाले आफ्नो ऐतिहासिक निबन्ध ‘J’Accuse’ लेखे।
उहाँले निर्दोष अधिकृतविरुद्ध यहूदी विरोधी झूटो आरोप लगाएकोमा फ्रान्सेली अदालतलाई दोष लगाए। पछि उनलाई सबै आरोपबाट मुक्त गरियो।
अब हेगको अन्तर्राष्ट्रिय अदालत, जुन पनि एक फ्रान्सेली न्यायाधीशको अध्यक्षतामा छ, यस प्रकारको अपमानजनक अपराध दोहोर्याउँदैछ।
म, इजरायल राज्यको लोकतान्त्रिक रूपमा निर्वाचित प्रधानमन्त्री र इजरायलका पूर्व रक्षामन्त्री योआभ ग्यालान्टलाई, नागरिकहरुलाई लक्षित गरेको झूटो आरोप लगाइँदैछ।
हामीले नागरिक क्षतिको न्यूनतम गर्न सक्दो प्रयास गरेका र्छौं ।
हामी गाजाका नागरिकहरुलाई जोखिमबाट जोगाउन लाखौं पाठ सन्देश, फोन कल र पर्चा वितरण गर्छौं – जबकि हमासका आतङ्ककारीले उनीहरुलाई जोखिममा राख्न जे पनि गर्छन्। उनीहरु नागरिकहरुलाई मानव ढालको रूपमा प्रयोग गर्छन् र उनीहरुमा गोली चलाउँछन्।
हेगको अदालतले हामीमाथि भोकमरीको नीतिलाई नियोजित रूपमा लागू गरेको आरोप लगाएको छ।
जब हामीले गाजाका जनतालाई खानाको आपूर्ति गर्न ७,००,००० टन खाद्य सामग्री उपलब्ध गराएका छौं। यसले गाजाका प्रत्येक पुरुष, महिला र बालबालिकालाई ३,२०० क्यालोरी बराबरको खाना प्रदान गर्दछ।
यी आपूर्तिहरू नियमित रूपमा हमासका आतङ्ककारीहरूले लुट्छन्, जसले आफ्ना जनतालाई आवश्यक खाद्यान्नबाट वञ्चित गर्छन्।
तर पछिल्लो केही हप्तामा मात्र इजरायलले गाजाका ९७ प्रतिशत जनतालाई पोलियोविरुद्ध खोप लगाउन सहज बनायो।
तर पनि, अदालतले हामीमाथि नरसंहारको आरोप लगाउँछ।
हेगमा उनीहरु के बोलिरहेका छन्?
सत्य त सरल छ। इजरायलले गाजामा चालु राखेको युद्धभन्दा न्यायोचित युद्ध अरू कुनै पनि हुँदैन।
यो युद्ध तब सुरु भयो, जब हमासले बिना कुनै उक्साहट इजरायलमाथि हमला ग-यो, यो आक्रमण होलोकास्टपछि यहूदी जनतामाथि सबैभन्दा ठूलो नरसंहार थियो।
माथि उल्लेख गरिएको गिरफ्तारी आदेश निर्णय, इजरायलको लोकतान्त्रिक रूपमा निर्वाचित प्रधानमन्त्री र पूर्व रक्षामन्त्रीमाथि, यौन उत्पीडनको आरोपबाट बच्न प्रयास गरिरहेका एक रोँगाहरू अभियोजक र पक्षपाती न्यायाधीशहरूले गरेका हुन्।
यी न्यायाधीशहरूले इरान, सिरिया र यमनका अधिनायकवादीहरूले गरेका वास्तविक युद्ध अपराधहरूविरुद्ध केही गरेनन्।
बरु, मध्यपूर्वको एक मात्र प्रजातन्त्र इजरायललाई झूटो आरोप लगाएर, आतङ्ककारी र निरङ्कुशताविरुद्ध आफ्ना नागरिकहरूलाई जोगाउने सबै लोकतान्त्रिक देशहरूको अधिकारलाई खतरामा पारे।
यसबाहेक, अदालतले हमासका ती आतङ्ककारीहरूको बिरूद्ध केही गरेन जसले हाम्रा महिलाहरूमाथि बलात्कार गरे, पुरुषहरूको टाउको काटे, बालबालिकालाई जिउँदै जलाए र सयौं मानिसहरूलाई अपहरण गरी गाजाका भूमिगत कारागारमा लगे।
तिनीहरूले अझै १०१ जना बन्धकहरूलाई, जसमा धेरै देशका नागरिकहरू छन्, बन्धक बनाएका छन्।
एकपटक सोच्नुहोस्, अदालतले हमासका एक जना आतंकवादी मुहम्मद देइफको शवविरुद्ध गिरफ्तार आदेश जारी गरेको छ। उनको शव!
यो कस्तो हास्यास्पदता हो।
हेगमा इजरायलविरुद्ध भएका पक्षपाती निर्णयहरूले इजरायललाई आफ्ना नागरिकहरूलाई जोगाउन रोक्न सक्दैन।
म संसारभरिका हाम्रा धेरै साथीहरूलाई, विशेषगरी संयुक्त राज्य अमेरिकालाई धन्यवाद दिन चाहन्छु, जसले यस अन्यायको निन्दा गरेका छन्।
इजरायलले यो निर्णयको मान्यता दिनेछैन। हामी हाम्रो नागरिक र राज्यको रक्षा गर्न सबै गर्न जारी राख्नेछौं।
हाम्रो दुश्मनहरू तपाईका दुश्मनहरू हुन्, र हाम्रो विजय तपाईंको विजय हुनेछ। यो सभ्यता र बर्बरताबीचको युद्ध हो।”
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com