इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु युद्धविरामको दोस्रो चरणबारे छलफल गर्न अमेरिका पुगेका छन्। उनका अनुसार गाजामा हमाससँगको संघर्ष अन्त्यका लागि वाशिंगटन, डीसीमा अमेरिकी राष्ट्रपति ट्रंप संग वार्ता हुँदैछ।
जनवरी १९ मा हस्ताक्षर भएको युद्धविराम सम्झौताको प्रमुख मध्यस्थकर्ता अमेरिका रहेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार नेतान्याहुसँग ह्वाइट हाउसमा भेट गर्ने अपेक्षा गरिएको छ, जसले उनको दोस्रो कार्यकालमा पहिलो विदेश स्तरीय भेटवार्ता हुनेछ।
नेतान्याहुको यो यात्रा युद्धविरामको पहिलो चरणपछि आएको हो, जसअनुसार २,००० प्यालेस्टिनी कैदीहरूको बदलामा ३३ इजरायली बन्दीहरू रिहा भएका थिए। दोस्रो चरणमा बाँकी बन्दीहरूको रिहाइ र स्थायी युद्धविरामका सम्भावनाहरूमा छलफल हुने बताइएको छ।
१५ महिनासम्म चलेको गाजा युद्धमा हालसम्म ४७,००० भन्दा बढी प्यालेस्टिनी मारिएका छन्, जसमा आधाभन्दा बढी महिला र बालबालिका छन्। युद्धविरामले इजरायली हमलाबाट प्रभावित गाजाका बासिन्दालाई केही राहत दिलाउने आशा गरिएको छ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com