नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com
नेपाल इजरायल डट कम ::
- मृत सागरको यात्रा: एक अविस्मरणीय अनुभव
- अमेरिकी सामानमा चीनले लगायो प्रतिशोधात्मक कर: व्यापार युद्ध थप चर्किंदै
- यस्तो पुस्तकालय, जहाँ रोबोटले सम्हाल्छन् पचास लाख पुस्तक
- डिजिटल अरेस्टको डर देखाएर ठगी: नक्कली प्रहरी बनेका दुई पक्राउ
- इजरायलको ‘लर्न एण्ड अर्न’ कार्यक्रम : प्युठानका सन्देश थापाको अनुभव
- प्यालेस्टिनी आतंकवादी हमलामा २ इजरायली सैनिक हताहत, ८ घाइते – आतंककारी पनि मारिए
- इजरायली राजदूत: इजरायल अहिले शान्त छ, नेपाली कामदारलाई अवसर दिन चाहन्छौं
- इजरायली प्रधानमन्त्री नेतान्याहु युद्धविरामको दोस्रो चरणबारे छलफल गर्न अमेरिकामा
इजरायलको बंकरमा फसेका विद्यार्थीलाई प्रधानमन्त्री प्रचण्डको फोन, छिट्टै उद्धारको आश्वासन
काठमाडौं । इजरायलको सेदोत नेगेभस्थित बंकरमा रहेका नेपाली विद्यार्थीलाई प्रधानमन्त्री प्रचण्ड र परराष्ट्रमन्त्री एनपी साउदले फोन गरेका छन् ।
बंकरमा रहेका दाङ नारायणपुरका विपिन सुवेदीले प्रधानमन्त्री प्रचण्डले सुरक्षित बस्न आग्रह गरेका बताए । सरकारले सक्दो छिटो उद्धारका लागि सबै प्रयास गरिरहेको भन्दै तयारी अवस्थामा बस्न पनि प्रधानमन्त्रीले भने ।
प्रधानमन्त्रीलाई उद्धृत गर्दै विपिनले भने, ‘सक्दो छिटो उद्धारका लागि प्रयास भएको छ, धैर्य गर्दै सुरक्षित बस्नुहोस् भन्नुभयो ।’
प्रधानमन्त्रीलाई विपिन र साथीहरुले आफूहरुलाई यो बेला शीघ्र नेपाल फर्कने चाहना बाहेक अरु केही नचाहिएको भन्दै सरकारसमक्ष गुहार मागे ।
प्रधानमन्त्रीले इजरायल सरकारको अनुमति पाउनेबित्तिकै उडाउनका लागि विमान तयारी हालतमा राखिएको भन्दै धैर्य गर्न आग्रह गरे ।
प्रचण्डभन्दा अघि बोलेका परराष्ट्रमन्त्री एनपी साउदले इजरायल दूतावासका कर्मचारी सहित सुरक्षाकर्मीबाट उद्धार हुने आश्वासन दिए ।
दूतावासले एनआरएन प्रतिनिधिसहित उद्धार पहल गरिरहेको उनले बताए ।
विपिनका अनुसार केही समयभित्र आफूहरुलाई तेल अबिब लैजान पहल भइरहेको दूतावासले बताएको छ । आफूहरु छिटोभन्दा छिटो उद्धारको पर्खाइमा रहेको उनले बताए ।
प्रधानमन्त्री प्रचण्ड र विपिनबीचको कुराकानी
प्रधानमन्त्री ः सुदूरपश्चिमको सबै विद्यार्थीहरुको नेतृत्व गरेको हो ?
विपिन सुवेदी ः हो हो हो ।
प्रधानमन्त्री ः यहाँ रमेशजी (प्रधानमन्त्रीका स्वकीय)सँग तपाईंको लगातार कुरा भइरहेको थाहा पाइरहेको छु ।
विपिन ःहजुर ।
प्रधानमन्त्री ः अहिले परराष्ट्रमन्त्रीसँग कुरा पनि भइ नै हाल्यो । हामी अस्तिदेखि नै लगातार लागिरहेका छौं । स्थिति एउटा विस्तारै अवस्थामा आइरहेको छ । यही विषयको लागि अहिले क्याबिनेटको बैठक पनि बोलाइएको छ । सर्वदलीय बैठक पनि बोलाइएको छ । इजरायली राजदूतावासमा पनि लगातार कुरा भइराखेको छ । सायद अहिले परराष्ट्र मन्त्री स्तरमा पनि कुरा होला ।
यो सबै कुरा तपाईंले त्यहाँ सबै विद्यार्थीहरुलाई कम्युनिकेट गरिदिनुपर्यो । ह्याभोक क्रियट गर्ने हुन्छन् ।
विपिन ःसबै जनालाई भन्दिइसकें ।
प्रधानमन्त्री ः अँ अँ ।
विपिन ःअहिलेको अवस्थामा एकजोर कपडा र पासपोर्ट व्यागमा हालेर रेडी भएर बस्नुस् । केयर गर्नुस् भनें । सबै जना रेडी हुनुहुन्छ ।
प्रधानमन्त्री ः थ्याङ्कु विपिनजी । रमेशजीसँग कम्युनिकेसनमा बस्नुस् ल ।
विपिन ः हामीलाई छिटोभन्दा छिटो नेपाल फर्काइदिनुस् ।
प्रधानमन्त्री ः ल ल । हामी त्यो तयारी गरिरहेका छौं । सक्रियताको साथ गरिराखेका छौं । ल हस् त ल ।
केही भन्नु छ भने 💬
यो पनि पढ्नुहोस
Add A Comment
( यस ब्लगमा प्रकाशित लेख रचनामा अभिव्यक्त विचार तथा धारणा सम्बन्धित लेखकका निजी हुन् । )
NepaliIsrael.com is your premier online destination for the latest news and updates on the vibrant Nepalese community thriving in Israel.
Our portal serves as a bridge between two diverse cultures, offering a comprehensive insight into the lives, experiences, and contributions of Nepalese individuals making Israel their home.
Whether you're interested in immigration policies, cultural exchanges, or human interest stories, our portal provides a platform for voices often underrepresented in mainstream media.
Editor : Krishna Thapa
Email Us:
info@nepalisrael.com
kanxeY@krishnathapa.com
©️ सर्वाधिकार नेपाल इजरायल डट कममा सुरक्षित
वेव डिजाइन / कला ❤️ :
वेव डिजाइन / कला ❤️ :