काठमाडौं । द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपाली विद्यार्थी लिन नेपाल एयरलाइन्सको विमान त्यसतर्फ गएको छ । बिहीबार बिहान साढे २ बजे विमान इजरायलतर्फ उडेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले जानकारी दिएका छन् ।
विद्यार्थी लिन नेपाल वायुसेवा निगमको जहाज इजरायल पठाइयो
नेपाल फर्कने विद्यार्थी पनि त्यहाँको विमानस्थलमा पुगिसकेका छन् । कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट इजरायल गएका विद्यार्थी सुरज भण्डारीले यस्तो जानकारी गराएका हुन् ।
“हामी भर्खरै तेल अभिभ एयरपोर्टमा पुगिसकेको छौँ, नेपाल एयरलाइन्सको प्लेन कुर्दै,” उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
उनले यसअघि काडेश बार्नियादेखि एयरपोर्टका निम्ति आफूहरू बसमा चढेको उल्लेख गरेका थिए । त्यहाँबाट करिब साढे दुई/तीन घण्टापछि तेल अभिभ एयरपोर्टमा पुग्ने जनाएका थिए ।
उक्त विमानमा नेपाल फर्कन चाहेका करिब २५५ विद्यार्थीलाई मात्र ल्याइनेछ ।
प्यालेस्टाइनी लडाकु समूह हमासको आक्रमणमा परी मृत्यु भएका व्यक्तिका शव भने तत्काल नल्याइने भएको छ । मापदण्ड पूरा गर्न केही समय लाग्ने भएकाले शव पछि ल्याइने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
इजरायलमा नेपालीलाई लिन गएको विमान आजै राति ९ बजे फर्कने
काठमाडौं : विद्रोही समूह हमासले गत शनिबार इजरायलमा गरेको आक्रमणपछि त्यहाँ अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउन आज (बिहीबार) बिहान त्यसतर्फ गएको नेपाल एयरलाइन्सको विमान आजै राति ९ बजे फर्किने भएको छ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालका अनुसार नेपाल फर्कन चाहनेहरूलाई लिन दुई सय ५० सिट क्षमता भएको विमान इजरायल गएको हो।
परराष्ट्रमन्त्री एनपी साउद कूटनीतिक समन्वयका लागि नेपाल एयरलाइन्सको विमानमा त्यसतर्फ प्रस्थान गरेका छन्।
हमासको आक्रमणमा परी १० नेपाली विद्यार्थीको निधन भएको थियो भने ६ जना घाइते भएका छन्। एक जनाको अवस्था अझै अज्ञात छ। इजरायलस्थित नेपाली राजदूतावासले स्वदेश फर्कन चाहनेहरूको विवरण सङ्कलन गरिरहेको छ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com