नेपाल इजरायल डट कम । इजरायलका लागि नेपाली राजदूत प्राध्यापक धन प्रसाद पण्डितसहित नवनियुक्त चार राजदूतले आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासामा आयोजित एक कार्यक्रमबीच उनीहरुलाई शपथ गराएका हुन्।
सपथ लिनेमा पाकिस्तानका लागि नेपाली राजदूत रीता धिताल, कतारका लागि राजदूत रमेशचन्द्र पौडेल, इजरायलका लागि राजदूत प्रा.धनप्रसाद पण्डित र चीनका लागि राजदूत प्रा.डा.कृष्णप्रसाद ओली रहेका छन्।
सरकारको सिफारिसमा उनीहरुलाई राष्ट्रपति पौडेलले केही दिनुअघिमात्र राजदूतमा नियुक्त गरेका थिए ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com