नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com
नेपाल इजरायल डट कम ::
- मृत सागरको यात्रा: एक अविस्मरणीय अनुभव
- अमेरिकी सामानमा चीनले लगायो प्रतिशोधात्मक कर: व्यापार युद्ध थप चर्किंदै
- यस्तो पुस्तकालय, जहाँ रोबोटले सम्हाल्छन् पचास लाख पुस्तक
- डिजिटल अरेस्टको डर देखाएर ठगी: नक्कली प्रहरी बनेका दुई पक्राउ
- इजरायलको ‘लर्न एण्ड अर्न’ कार्यक्रम : प्युठानका सन्देश थापाको अनुभव
- प्यालेस्टिनी आतंकवादी हमलामा २ इजरायली सैनिक हताहत, ८ घाइते – आतंककारी पनि मारिए
- इजरायली राजदूत: इजरायल अहिले शान्त छ, नेपाली कामदारलाई अवसर दिन चाहन्छौं
- इजरायली प्रधानमन्त्री नेतान्याहु युद्धविरामको दोस्रो चरणबारे छलफल गर्न अमेरिकामा
काठमाडौं । नेपाली ओटीटी प्लेटफर्म ‘कान्तिपुर सिनेमाज्’ आरम्भ भएको छ । सोमबार काठमाडौंमा आयोजित समारोहमा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सब्सक्रिप्सनमा आधारित उक्त प्लेटफर्म लन्च गरे । ओटीटी प्लेटफर्मको निर्माता कम्पनी कान्तिपुर फिल्म एकेडेमी हो ।
दर्शकले एन्ड्रोइड र आईओएस अपरेटिङ सिस्टमका मोबाइल स्मार्टफोन, वेब र स्मार्ट टीभीबाट फिल्म र सिरिज हेर्न पाउनेछन् । यसका लागि २९९ रुपैयाँ शुल्क लाग्नेछ ।
ओटीटी लन्चसँगै दर्शकले ‘ज्याकी आईएम ट्वान्टी वान’, ‘जुलेबी’ फिल्म हेर्न सक्नेछन् । ‘ब्रह्माण्ड’ र ‘लभसूत्र’ सिरिज पनि हेर्न पाउनेछन् । छोटो फिल्म ‘मदर’, ‘खरानी’, ‘ऋतु’ र ‘मिस सेक्रेट’ लगायत पनि प्लेटफर्ममा उपलब्ध छन् ।
ओलीले शुभकामना दिंदै नयाँ प्रविधिलाई आत्मसात गर्दै सुरु भएको प्लेटफर्मले सफलता पाउने विश्वास व्यक्त गरे । उनले भने, ‘नेपालमा भारत र चीनको जस्तो ठूलो जनसंख्या छैन । यसैले यहाँ फिल्म चलेर पनि कलाकारलाई जीवन जिउन गाह्रो छ । धेरै जनसंख्या भएको मुलुकमा एउटा गीत चले पनि जिन्दगी बन्छ । तर यहाँ दीपकराज गिरीजस्ता कलाकारलाई भोलि के हुने हो भन्ने चिन्ता छ ।’
एकेडेमीका प्रमुख कार्यकारी अधिकृत प्रकाश पुरीले अनलाइन पेमेन्ट गरेर सब्स्क्रिप्सन गर्न सकिने बताउँदै ‘कान्तिपुर सिनेमाज’ नेपालको पहिलो सब्स्क्रिप्सन ढाँचाको ओटीटी प्लेटफर्म भएको दाबी गरे । ‘यो प्लेटफर्ममा नयाँ नेपाली फिल्म, सर्ट फिल्म र सिरिज हेर्न पाउनुहुनेछ,’ उनले भने ।
बोर्ड अध्यक्ष भुवन केसीले ‘कान्तिपुर सिनेमाज्’ दर्शक र मेकर दुवैका लागि उपयुक्त प्लेटफर्म हुन सक्ने बताए । विश्वभरका नेपाली सिनेमा पारखीका लागि ओटीटी राम्रो माध्यम भएको भन्दै उनले यसले नेपाली सिनेमालाई थप विस्तार गर्ने बताए । ‘विश्वका नेपालीलाई जोड्ने माध्यमको रुपमा यसले काम गर्न सक्छ,’ केसीले भने ।
अभिनेता तथा निर्माता दीपकराज गिरीले ओटीटी प्लेटफर्म सञ्चालन गर्नु भनेको एउटा ठूलो चुनौतीको काम भएको भन्दै यसमा सफलता पाउनेमा विश्वास व्यक्त गरे । सानो बजार रहेकाले नयाँ फिल्म पाउन र दर्शकलाई दिन सक्नु नै ओटीटीका लागि चुनौती हुने उनको भनाइ थियो ।
टेलिभिजन प्रस्तोता तथा अभिनेता सुरजसिंह ठकुरीले ओटीटीबाट अन्य मुलुकका नागरिकलाई पनि नेपाली विषयवस्तुमा आकर्षित गर्न सकिने बताए । यसका लागि सब–टाइटल राखेको खण्डमा राम्रा सामग्रीले नेपालीको मात्र नभएर विदेशीहरुको पनि मन जित्न सक्ने उनको भनाइ थियो ।
केही भन्नु छ भने 💬
यो पनि पढ्नुहोस
Add A Comment
( यस ब्लगमा प्रकाशित लेख रचनामा अभिव्यक्त विचार तथा धारणा सम्बन्धित लेखकका निजी हुन् । )
NepaliIsrael.com is your premier online destination for the latest news and updates on the vibrant Nepalese community thriving in Israel.
Our portal serves as a bridge between two diverse cultures, offering a comprehensive insight into the lives, experiences, and contributions of Nepalese individuals making Israel their home.
Whether you're interested in immigration policies, cultural exchanges, or human interest stories, our portal provides a platform for voices often underrepresented in mainstream media.
Editor : Krishna Thapa
Email Us:
info@nepalisrael.com
kanxeY@krishnathapa.com
©️ सर्वाधिकार नेपाल इजरायल डट कममा सुरक्षित
वेव डिजाइन / कला ❤️ :
वेव डिजाइन / कला ❤️ :