नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com
नेपाल इजरायल डट कम ::
- प्रविधि आधुनिक युगको अपरिहार्य आवश्यकता
- “ग्रेटर ईजरायल” अवधारणा ऐतिहासिक पृष्ठभूमि, राजनीतिक प्रभाव र विवाद
- ट्रम्पको गाजा नियन्त्रण योजना: मध्यपूर्वमा नयाँ संकटको सुरुवात?
- इजरायली राष्ट्रपतिले भने – विपिन जोशीको सुरक्षित रिहाइका लागि प्रयास जारी छ
- मृत सागरको यात्रा: एक अविस्मरणीय अनुभव
- अमेरिकी सामानमा चीनले लगायो प्रतिशोधात्मक कर: व्यापार युद्ध थप चर्किंदै
- यस्तो पुस्तकालय, जहाँ रोबोटले सम्हाल्छन् पचास लाख पुस्तक
- डिजिटल अरेस्टको डर देखाएर ठगी: नक्कली प्रहरी बनेका दुई पक्राउ
दोहा । गाजा क्षेत्रमा इजरायलले आक्रमणलाई तीव्र पारेपछि हमासका नेताहरू कतार छोड्न लागेका छन् ।
कतारमा असुरक्षित महसुस गर्दै पलायन भइरहेका नेताहरू कहाँ जादैछन् भन्ने अझै स्पष्ट नभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
अरबी एक टेलिभिजन च्यानलका अनुसार मङ्गलवार साँझ धेरै हमास नेताहरूले आफ्नो फोन स्विच अफ गरेको बताएको छ । उनीहरूले सकैको फोन कल रिसिभ नगर्ने तथा कसैको जवाफ नफर्काएको बताइएको छ । उनीहरू कतारबाट अज्ञात स्थानमा गएको बताइएको छ ।
मङ्गलवार हमासका वरिष्ठ नेता सालेह अल–अरौरी लेबनानको राजधानी बेरुतमा रहेको आफ्नो घरबाट भागेर उनी टर्की गएको बताइएको छ ।
टर्कीले लामो समयदेखि हमास चरमपन्थीहरूलाई आश्रय र राहदानी प्रदान गर्दै आएको छ । यस्तो अवस्थामा हमास नेताहरू टर्की, कतार, लेबनान, सिरिया, इरान र युएईको राहदानीमा विदेश यात्रा गर्दै आएका छन् । टर्की र कतारमा हमासको आफ्नै कार्यालयहरू पनि रहेका छन् ।
इजरायलले कतारलाई हमाससँग वार्ता जारी रहेसम्म आफ्ना नेतामाथि आक्रमण नगर्ने आश्वासन दिएको थियो । तर, वार्ता सकिएपछि इजरायलले आक्रमणका सम्बन्धमा कुनै वाचा गरेको छैन। अब इजरायल र हमासबीचको वार्ता सकिएको छ । यस्तो अवस्थामा इजरायलले छिट्टै उनीहरूलाई निशाना बनाउँछ कि भन्ने डर हमासलाई छ ।
केही भन्नु छ भने 💬
यो पनि पढ्नुहोस
Add A Comment
( यस ब्लगमा प्रकाशित लेख रचनामा अभिव्यक्त विचार तथा धारणा सम्बन्धित लेखकका निजी हुन् । )
NepaliIsrael.com is your premier online destination for the latest news and updates on the vibrant Nepalese community thriving in Israel.
Our portal serves as a bridge between two diverse cultures, offering a comprehensive insight into the lives, experiences, and contributions of Nepalese individuals making Israel their home.
Whether you're interested in immigration policies, cultural exchanges, or human interest stories, our portal provides a platform for voices often underrepresented in mainstream media.
Editor : Krishna Thapa
Email Us:
info@nepalisrael.com
kanxeY@krishnathapa.com
©️ सर्वाधिकार नेपाल इजरायल डट कममा सुरक्षित
वेव डिजाइन / कला ❤️ :
वेव डिजाइन / कला ❤️ :