एजेन्सी,६ फागुन । इजरायलले गाजाको रफाहमा गरेको आक्रमणको विरोधमा विश्वभर प्रदर्शन हुन थालेको छ । प्यालेस्टिनी समर्थकहरुले गाजामा तत्काल युद्ध विरामको माग गर्दै प्रदर्शन गरेका हुन् ।
स्पेनको मड्रिडमा भेला भएका प्रदर्शनकारीहरुले इजरायल सरकारको ज्यादती विरुद्ध नारा लगाएर शहरको परिक्रमा गरेका छन् । प्रदर्शनका कारण देशको यातायात सेवासमेत अस्तव्यस्त बनेको छ । यसैगरी बेलायतमा प्यालेस्टिनी सोलिडारिटी क्याम्पेनले आयोजना गरेको प्रर्दशनमा २ लाख ५० हजार मानिस सहभागी भएको अनुमान गरिएको छ । उनीहरुले इजरायल र हमासबीच तत्काल युद्धबिरामको माग गर्दै गाजाका जनताको रक्षाको प्रत्याभुती गर्न माग गरेका छन् ।
उनीहरुले लण्डनमा कोण सभाको आयोजना गरी विश्वभरका प्यालेस्टिनीहरुलाई एकजुट हुन आहन समेत गरेका छन् । सोही क्रममा प्रहरीसंगको झडपमा १२ जनालाई पक्राउ गरिएको छ । इजरायलले पछिल्लो समय गाजाको रफाह क्षेत्रमा आक्रमण जारी राख्दा ठुलो हताहत भएको छ । सो क्षेत्रमा एकसाथ हवाई र स्थलगत आक्रमण गरेको इजरायलको चौतर्फी विरोध शुरु भएको छ ।
तत्काल युद्धविराम गर्न इजरायललाई अस्ट्रेलिया, क्यानडा र न्यूजिल्यान्डको अनुरोध
इजरायलले गाजाको रफाहमा गर्न थालेको ‘विनाशकारी’ र ‘ध्वंसात्मक’ आक्रमणको अस्ट्रेलिया, क्यानडा र न्यूजिल्यान्डले विरोध गरेका छन्।
इजरायलले निरन्तर आक्रमण गर्दै गएपछि प्यालेस्टिनी नागरिक उत्तरी गाजाबाट भाग्दै दक्षिणको रफाह पुगेका छन्। त्यहाँ पनि आक्रमण हुन थालेपछि इजरायलका मित्रराष्ट्रहरूले ‘सर्वसाधारण त्यहाँबाट अन्यत्र जाने स्थान नभएको’ बताउँदै तत्कालै युद्धविरामका लागि आग्रह गरेका हुन्।
गाजापट्टीको दक्षिणमा इजिप्टको सिमानामा रहेको रफाह शहरमा युद्धअघि दुई लाख ५० हजार प्यालेस्टिनीको बसोबास थियो। इजरायलले गाजामा आक्रमण बढाउँदै लगेपछि अहिले यस शहरको जनसंख्या १० लाख ५० हजार जति पुगेको अनुमान छ। त्यहाँ लाखौं मानिस त्रिपाल टाँगेर बसिरहेछन्।
यसअघि संयुक्त राष्ट्रसंघका उच्च अधिकारी मार्टिन ग्रिफिथले रफाहमा इजरायली आक्रमण ‘आमहत्या’ बन्न सक्ने चेतावनी दिएका थिए। उनले फागुन २ मा त्यस्तो चेतावनी दिएका थिए।
फ्रान्सका राष्ट्रपति इमानुएल म्याँक्रोले पनि गाजामा भइरहेको मानवीय क्षति ‘असह्य भएको’ भन्दै तत्काल युद्ध रोक्न चेतावनी दिएका थिए।
आफ्ना मित्रराष्ट्र र अन्तर्राष्ट्रिय संस्थाले बारम्बार निन्दा गरे पनि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहू भने रफाह शहरमा आक्रमण रोक्ने पक्षमा छैनन्। उनले आफ्नो सेनालाई स्थल आक्रमणका लागि तयारी गर्न आदेश दिएका छन्।
सञ्चारमाध्यमसँग कुराकानी गर्दै प्रधानमन्त्री नेतन्याहूले दक्षिणी शहरबाट हमासलाई उन्मूलन गरेर छोड्ने दाबी गरेका छन्। “हामी पूर्ण विजय हासिल नगर्दासम्म लड्नेछौं, त्यसमा रफाहमा शक्तिशाली आक्रमण पनि पर्छ,” उनले भनेका छन्।
गत असोज २० गतेयता गाजामा भएको इजरायली आक्रमणमा परी अहिलेसम्म २८ हजार ५७६ जना प्यालेस्टिनीले ज्यान गुमाइसकेका छन् भने ६८ हजार २९१ जना घाइते भएका छन् जसमध्ये अधिकांश बालबालिका र महिला छन्।
इजरायलले राफाहमा आक्रमण बढाए संकट हुने डब्ल्यूएचओको चेतावनी
जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बुधबार दक्षिणी गाजा पट्टीको सहर रफाहमा इजरायली भूमि आक्रमणको सम्भावित विस्तारले निम्त्याउन सक्ने अथाह संकटको चेतावनी दिएको छ ।
राफाहबाट भर्चुअल प्रेस ब्रीफिङमा बोल्दै, कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रका डब्ल्यूएचओका प्रतिनिधि रिचर्ड पिपरकोर्नले सहरमा जम्मा भएका १.५ मिलियन मानिसहरु सुरक्षित नभएको तथा विस्थापनको नयाँ लहरले थप घाइते भएको बताएका छन ।
यसले मानिसहरूको स्वास्थ्यमा गम्भीर परिणाम निम्त्याई स्वास्थ्य प्रणालीलाई पतनको संघारमा धकेल्ने, पिपरकर्नले बताए । रफाहमा केवल तीनवटा आंशिक रूपमा कार्यरत अस्पतालहरूले वास्तविक आवश्यकताको तुलनामा केवल चार सय ५० सैया सहित सेवा प्रदान गर्ने गरेको डब्ल्यूएचओ प्रतिनिधिले बताएका छन् ।
रेडक्रसको अन्तर्राष्ट्रिय समितिले बुधबार रफाको विनाशकारी अवस्थाबारे यस्तै टिप्पणी गरेको थियो । खाना, पिउने पानी, सरसफाई, स्वास्थ्य सेवा र सुरक्षाको समेत अभाव रहेको रेडक्रसले जनाएको छ ।
निरन्तर तनाव र डरले चोटपटक, उमेर र अशक्तता लगायतका धेरै बासिन्दाहरू कमजोर अवस्थामा छन् । सामान्य सङ्क्रमण तथा रोगबाट मृत्यु हुने जोखिम बढेको मानवतावादी सङ्गठनले जनाएका छन् ।
नोभेम्बरदेखि फेब्रवरी नौ सम्म, डब्ल्यूएचओका लगभग ४० प्रतिशत मिसनहरू उत्तरी गाजामा पुगेका छन् । जस मध्ये ४५ प्रतिशत दक्षिणमा सहज बनाइएका छन भने बाँकी अस्वीकार गरि स्थगित गरिएको पिपरकर्नले उल्लेख गरे ।
स्वास्थ्य एजेन्सीले तत्काल युद्धविराममा पुग्न नसके पनि महत्वपूर्ण सहायता प्रदान गर्न निरन्तर मानवीय सहयोगका प्रक्रयाहरु कोरिडोरहरू जारी राख्न आह्वान गरेको छ ।
बीबीसी, अलजजिरा, अरब न्यूज र एएफपी
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com