संसारभर मार्च ८ तारिख अन्तर्राष्ट्रिय नारी दिवस मनाइन्छ । नारी र पुरुषका बीचमा सदियौदेखि विद्यमान असमानताबारे चेतना बढाउन कतै विरोध प्रदर्शन र जुलुस गरेर यो दिवस मनाउने गरिन्छ यसका साथै महिलाहरू समाजमा कति अगाडि बढे, राजनीति र अर्थतन्त्रमा कति सहभागी भए भनेर मनाउने दिवस पनि हो ।
यसै सन्दर्भमा ११४ औं अन्तरास्ट्रिय नारी दिवस २०८० को उपलक्ष्यमा गैर आबासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिसद (NRNA –NCC) इजरायलको आयोजनामा एक कार्यक्रम हुन गइरहेको जानकारी गरिएको छ ।
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलले एक सूचना प्रकाशित गरी अन्तर्राष्ट्रिय नारी दिवस मनाउन लागेको जनाएको हो । सो कार्यक्रममा नेपाली राजदुताबास इजरायलका महामहिम राजददुत कान्ता रिजाल ज्यु र नेपालबाट आमन्त्रित समाजसेवी ,(SSDRC)साहसी महिला पुरस्कार २०२३ प्राप्त गर्नुभएकी सबिता उप्रेतीज्यु तथा सामाजिक अभियन्ता तथा गायिका देविका केसी र लोकदोहोरी गायिका सुस्मा शाही ठकुरी ज्युको उपस्थिति रहने बताएको छ ।
एन आर एन ए इजरायलका महासचिव महम्मद अलि मियाद्वारा हस्ताक्षरित विज्ञप्तिका अनुसार ७ मार्च २०२४ को दिन जुम भर्चुअल मार्फत कार्यक्रमको आयोजना गरिएको हो । सो भर्च्युअल कार्यक्रममा इजरायलमा रहनु भएका बिभिन्न सक्रिय संघसस्थाहरु , नेपाली दाजुभाई तथा दिदीबहिनीहरु, विद्यार्थी ,बुद्धिजीवी तथा पत्रकार साथीहरुलाइ कार्यक्रम आयोजना गरिएको जानकारी गराउदै उपस्थित हुनको लागि हार्दिक निमन्त्रणा पनि गरिएको छ ।
मिैति – ७ मार्च विहिबार
समय – दिउसो ठीक ३ बजे
स्थान – जुम भर्च्युअल
जुम आइडी – 7072232080
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com