नेपाल इजरायल डट कम / जेरुसलेम । इजरायली रक्षा बलका सेनाहरूले हिजोको कार्वाही हमासका नेता याह्या सिनवारलाई लक्षित नगरेको बताएका छन । उनी त्यो भवनमा बसेका हुनसक्छन् भन्ने कुराको जानकारी कसैलाई पनि थिएन।
गाजामा सञ्चालन भइरहेका IDF सेनाहरूले हमास नेता याह्या सिनवार मारिएको हुनसक्ने घटनामा उनलाई लक्षित गरेका थिएनन् ।
हिब्रू मिडियाका रिपोर्टहरूका अनुसार, इजरायली सेनाहरूले केही हमास लडाकुहरू एउटा भवनमा प्रवेश गरेको देखे र कारवाही शुरु गरेका थिए ।
हिजो सुरु भएको घटनामा त्यस भवनमाथि आक्रमणको आदेश दिइयो, जसले आंशिक रूपमा संरचनालाई ध्वस्त बनाउनुका साथै ३ हमास आतंककारीहरुको निधन भयो ।
इजरायली सेनाहरू क्षतिको निरीक्षण गर्न उक्त भवनमा पुगेपछि मात्रै मारिएका तीन आतंकवादीमध्ये एकजनाको अनुहार र शरीर याह्या सिनवारसँग धेरै मेल खाने महसुस गरे।
IDF अझै यो पुष्टि गर्न काम गरिरहेको छ कि वास्तवमा त्यो शव सिनवारको हो कि होइन, तर शवलाई इजरायलमा ल्याइएको भने छैन किनभने उक्त क्षेत्र भारी रूपमा विस्फोटकले जेलिएको छ। शवमा ग्रेनेडहरू सहितको सैनिक ज्याकेट पनि थियो।
तर, शवबाट डीएनए नमुना लिइएको छ र इजरायलमा परीक्षणको लागि पठाइएको छ । सिनवारको मृत्यु परिक्षणबाट पुष्टि हुन बाकि भएपनि उनको मृत्यु भएको हुनसक्ने धेरै सम्भावना छ ।
यसै बीच सिनवारसम्बन्धी समाचारमा आफ्नो पहिलो प्रतिक्रिया दिँदै, इजरायली सरकारका प्रतिपक्षी नेता याइर लापिडले इजरायली सरकारलाई “बन्धकहरू सम्बन्धमा निर्णायक कदम चाल्न आग्रह पनि गरेका छन्।
“अब एउटा ठुलो निर्णय गरौँ र भनौं जसले बन्धकहरूलाई हाम्रा सेनाहरूसम्म ल्याएर बुझाउनेछ, उसलाई ठूलो पुरस्कार र सुरक्षाको प्रत्याभूति दिने प्रस्ताव गर्नुहोस्,” लापिडले ट्वीट गरेका छन्।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com