इजरायली सेनाले शान्ति सेनालाई युद्धको जोखिमबाट बच्न लेबाननको दक्षिणबाट पाँच किलोमिटर उत्तरतर्फ सर्न आग्रह गर्यो; आयरल्याण्डका राष्ट्रपतिले इजरायली मागलाई ‘अत्यधिक अनुचित’ भनेका छन्, । इजरायलले हाल आग्रह गरेको UNIFIL अवस्थित क्षेत्रमा आयरल्याण्ड सैनिकहरू धेरै संख्यामा तैनाथ छन्।
दक्षिण लेबनानमा रहेको UNIFIL सेनाले युद्धबाट बच्न र इजरायली सेनालाई उत्तरका गाउँहरूबाट हेजबोल्लाहका लडाकूहरूलाई हटाएर स्थानीय बासिन्दाहरूलाई सुरक्षित रूपमा आफ्नो घर फर्किन दिनका लागि पाँच किलोमिटर उत्तरतर्फ सर्न आग्रह गरेको इजरायली अनुरोध अस्वीकार गर्यो। UNIFIL ले इजरायली ट्याङ्कहरू शान्ति सेना नजिकै तैनाथ गरिएकोले IDF ले आफ्ना शान्ति सैनिकहरूको सुरक्षा जोखिममा पारेको दाबी गर्यो।
UNIFIL को १०,००० शान्ति सेना लेबनानका बिभिन्न भूभागहरुमा कार्यरत छन । तीमध्ये आयरल्याण्डका ३४७ सैनिकहरू दक्षिण लेबनानमा तैनाथ रहेको बताइएको छ । IDF को अनुरोध अस्वीकार गर्यो । ३० आयरिश सैनिकहरू युद्धको नजिकै तैनाथ छन ।
डब्लिनको सरकारले इजरायललाई आधिकारिक रूपमा UNIFIL सेनालाई सार्न अस्वीकार गरेको जानकारी गराएको छ, जसको परिणामस्वरूप त्यहाँको इजरायली दूतावास र इजरायली आलोचकका रूपमा चिनिएका आयरल्याण्डका राष्ट्रपति माइकल हिगिन्सबीच दोषारोपणको आदानप्रदान भयो ।
“इजरायली रक्षा बलहरूले यस शान्ति सेना (UNIFIL) लाई धम्की दिएको र उनीहरूले जोगाइरहेका गाउँहरू खाली गराउन खोजेको भन्ने कुरा अत्यन्त अनुचित छ,” हिगिन्सले भने। साथै, उनले इजरायलले संयुक्त राष्ट्रसंघको प्रस्ताव १७०१ को उल्लङ्घन गरेको दाबी गरे।
“इजरायल र हेजबोल्लाह दुवै समुहले संयुक्त राष्ट्रसंघका शान्ति सेनाको भूमिका र उनीहरूको अधिकारलाई सम्मान गर्नुपर्छ, र यस्तो कुनै पनि काम गर्नु हुँदैन जसले शान्ति सेनालाई, विशेष गरेर हाम्रा सैनिकहरूलाई, जोखिममा पार्छ,” उनले भने।
डब्लिनमा रहेको इजरायली दूतावासले भने इजरायली सैनिकहरूले शान्ति सेनालाई धम्की दिएको आरोप असत्य भएको बतायो र IDF ले UNIFIL लाई उनीहरूको सुरक्षाको लागि नै उत्तरतर्फ सर्न आग्रह गरेको स्पष्ट गर्यो।
“स्पष्ट कुरा गरौं, शान्ति सेनाको इजरायलमा ठूलो महत्त्व छ। UNIFIL को गतिविधिलाई धम्कीको रूपमा चित्रण गर्ने प्रयासहरू पछिल्ला केही महिनामा हामीले देख्दै आएका आधारहीन र अपमानजनक आरोपहरूको अर्को उदाहरण मात्र हुन्,” दूतावासले वक्तव्यमा भन्यो।
UNIFIL का प्रवक्ता एन्ड्रिया टेनेट्टीले शान्ति सेना आफ्नो कर्तव्य पूरा गरिरहने बताए। “स्थिति नियन्त्रण गर्नका लागि संयुक्त राष्ट्रसंघको UNIFILसम्बन्धित दुबै पक्षहरूसँग सम्पर्कमा रहेको छ ” उनले भने ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com