इजरायल । नेपालमा भीषण वर्षाको कारण देशका विभिन्न भागमा आएको बाढी पहिरो पीडितका लागि गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् इजरायल (एन आर एन ए) इजरायलले राहत सङ्कलन कार्यक्रम अघि बढाएको छ ।
बाढी पहिरो र डुबानबाट पीडित भएका आमजनतालाई तन, मन, धनका साथ दुःखको घडीमा सहयोग गर्न इजरायलमा रहनु भएका नेपालीहरुलाई अनुरोध गर्दै संस्थाले एक सूचना प्रकाशित गरेको छ ।
एन आर एन ए केन्द्रीय समितिले यस अघि संस्थाका उपाध्यक्ष एवं परोपकार तथा मानव कल्याण विभागका प्रमुख डा. हेम राज शर्माको संयोजकत्वमा समिति गठन गरी बाढी पिडितको सहयोगार्थ एक करोड सहयोग गर्ने निर्णय गरिसकेको छ ।
सूचना ! सूचना !! सूचना !!!
आदरणीय इजरायल रहनुहुने नेपाली तथा नेपाली भाषी दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक
नमस्कार साथै विजय दशमीको हार्दिक शुभकामना ।
गत असोज महिनाको १२ गते शनिवार परेको अविरल वर्षाको कारण आएको बाढीले नेपालको विभिन्न ठाउँमा ठुलो मात्रामा धनजनको क्षति भएको छ । यो अवस्थामा कतिले आफ्नो ज्यान गुमाउनु परेको छ ,कतिले आफ्नो परिवार गुमाउनु परेको छ । कतिपयले आफ्नो सम्पूर्ण सम्पत्ति समेत गुमाउन बाध्य भएका छन् । यस्तो परिस्थितिमा पीडितहरू सहयोगको पर्खाइमा रहेका छन् ।
यो विषम परिस्थितिलाई मध्यनजर गर्दै गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिदले रु १ करोड आर्थिक सहयोग दिने घोषणा गरिसकेको परिप्रेक्षमा राष्ट्रिय समन्वय समिति इजरायलले पनि बाढी पीडितहरूको लागि सहयोग सङ्कलन गर्ने भएको छ । इजरायलमा हुनुहुने नेपाली तथा नेपाली भाषी दाजुभाइ तथा दिदी बहिनीहरूले एनआरएन इजरायल मार्फत सहयोग गर्न चाहनु हुन्छ भने निम्न लिखित नम्बरहरूमा वा संस्थाका पदाधिकारी ज्युहरू सँग सम्पर्क गरी आफ्नो सहयोग पठाउन सक्नुहुनेछ ।
सम्पर्क व्यक्तिहरू :
१. श्री कृष्ण भण्डारी -0586871258
२. अलि महम्मद मिया – 0509249393
३. भेषराज पाण्डे – 054-6513486
४. चित्र कार्की – 0552980465
५. रमेश जोशी – 0584919930
६. धर्म पुन – 0559631032
७ कल्पना भेटवाल -0583676977
अलि महम्मद मियाँ
महासचिव
तथा
गैर आवासीय नेपाली सङ्घ
राष्ट्रिय समन्वय परिषद् इजरायल ।
यो पनि पढ्नुहोस
एनआरएनएले बाढीपिडितलाइ १ करोड रुपैयाँ सहयोग गर्ने
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com