हमासले इजरायली हमलामा मारिएका हेजबुल्लाहका नेता हसन नस्राल्लाहको मृत्युमा शोक व्यक्त गरेको छ।
हिजबोल्लाह त्यो पहिलो इस्लामिक प्रतिरोध संगठन थियो जसले इजरायल र हमासको युद्धमा सबै भन्दा शुरुबाट हमासको साथ दिएको थियो । हमासको युद्धमा समर्थन जनाउदै इजरायल हमास युद्ध भएको दोश्रो दिन अक्टोबर ८ बाट उसले इजरायलमाथि रकेट हमला गर्न शुरु गरेको हो ।
हमासले “लेबनानमा हिजबुल्लाह र इस्लामिक प्रतिरोधका भाइहरूसँग उभिएको” बताएको छ।तर, इजरायल र हेजबुल्लाहबिच दशकौँदेखि द्वन्द्व चलिरहेको छ। अक्टोबर 7 मा हमासले इजरायलमाथि आक्रमण गरेपछि युद्ध सुरु भयो, जसमा करिब 1,200 मानिस मारिए।
आक्रमणपछि इजरायल र हेजबुल्लाहबिच तनाव बढेको छ।हेजबुल्लाहले प्यालेस्टिनीहरूसँग एकताका लागि इजरायली स्थानहरूमा गोली हानेको थियो। हिजबुल्लाहले गाजामा युद्धविराम नभएसम्म इजरायलसँग लडाइँ जारी राख्ने बताएको छ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com