गाजा । प्यालेस्टिनी लडाकू समूह हमासले बुधबार गाजामा बन्धक बनाइएका एक इजरायली–अमेरिकी व्यक्तिको नयाँ भिडियो सार्वजनिक गरेको छ ।
उनले आक्रोशित हुँदै भिडियोमा आफ्नो देशको प्रधानमन्त्री बेन्जामिन नेत्यान्याहूलाई गाली गरेको सुन्न सकिन्छ । उनले बन्धकहरूको दयनीय स्थितिको वर्णन गर्दै खाना, पानी र औषधोपचारको अभावमा जमिन मुनी अँध्यारोमा छ महिना देखि तड्पिएका आफूहरूको उद्धारमा बेवास्ता गरेको आरोप लगाएका छन् ।
के गाजाको शिफा अस्पतालको भिडियो फुटेजमा देखिएका व्यक्ति विपिन जोशी नै हुन त ?
इजरायली आर्मीले गाजाको शिफा अस्पतालको भिडियो फुटेज सार्वजनिक गर्दै हमासले बन्धक बनाएका नेपालका विपिन जोशी र एक थाइ नागरिक देखिएको बताएका छन । भिडियोमा नेपाली नागरिक भनिएका व्यक्ति हराइरहेका नेपाली विद्यार्थी विपिन जोशी नै हुन या अरु नै कोही हुन त ?
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com