हिजबुल्लाहका मिसाइल कमाण्डर इब्राहिम कुबैसीको लेबनानको राजधानी बेरुतमा मंगलबार इजरायली आक्रमणमा परी मृत्यु भएको जनाइएको छ। उनीसँगै अन्य ५ जनाको पनि मृत्यु भएको छ । इजरायलले लेबनानमा विगत ५ दिनदेखि लगातार आक्रमण गरिरहेको छ ।
सुरक्षा स्रोतहरूका अनुसार इब्राहिम क़ुबैसी लेबनानको राजधानी बेरुतको दाहिय जिल्लामा रहेको ६-तले भवनमा भएको आक्रमणमा मारिएका हुन्; आक्रमणमा ६ जनाको मृत्यु र १५ जना घाइते भएका छन्।
बुधबार बिहान इजरायली सेनाले तेल अविवलाई निशाना बनाउने हेज्बोल्लाको मिसाइल लन्चर ध्वस्त गरेको दावी गरेको छ ।
बुधबार बिहान इजरायली सेनाका प्रवक्ताले तेल अविव र शेरोन प्लेन्सलाई निशाना बनाउन प्रयोग भएको ब्यालिस्टिक मिसाइल लन्चरमा आक्रमण गरेको बताएका छन्। सेनाले रातभर हेज्बोल्लाका लक्षित ठाँउहरूमा आक्रमण जारी राखेको छ, जसमा लेबनानभरका मिसाइल भण्डारण केन्द्रहरू पनि सामेल छन्, भने धेरै लक्षित संरचनाहरूमा दोस्रो विस्फोट भएको देखिएको छ।
त्यसै गरी इजरायली विद्युत् कम्पनीले हेज्बोल्लाले रणनीतिक स्थानमा प्रहार गर्न प्रयास गरेको बतायो । इजरायल इलेक्ट्रिक कम्पनी (IEC) ले बुधबार जानकारी दिए अनुसार हेज्बोल्लाले यसको एक रणनीतिक स्थलमा प्रहार गर्ने प्रयास गरेको थियो, तर पहिले नै जडान गरिएका प्रतिरक्षा प्रणालीहरूको कारणले यो प्रयास असफल भयो।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com